धनगढी,असोज २८ (ई-रैवार)
सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रिय संक्रमितको संख्या १ हजार २ सय ८२ पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार सक्रिय सक्रिमितको संख्या १ हजार २ सय ८२ पुगेको हो ।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार सक्रिय संक्रमितमा कैलालीका मात्रै ६ सय ७३ जना छन् ।
डोटीमा १ सय ३५, कञ्चनपुरमा १ सय १८, बझाङमा १ सय २२, अछाममा ५५, बैतडीमा ५०, डडेल्धुरामा ३७, दार्चुलामा ८३ जना र बाजुरा ६ जनामा कोरोनाका संक्रिय संक्रमित रहेका प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
सुदूरपश्चिमबाट हाल सम्म ६ हजार ९ सय ४ जना डिस्चार्ज भएका छन । सुदूरपश्चिममा २ हजार ७ सय १५ जनाको स्वावको रिर्पोट आउन बाकी रहेको सामाजीक बिकाश मन्त्रालयले जनाएको छ ।
प्रदेशमा हाल सम्म संक्रमीतको संख्या ८ हजार २ सय ५ पुगेको छ ।


