काठमडौं, असार १८ (ई–रैवार)
भारतमा कोरोना संक्रमणबाट निको हुनेको दर ९७.०१ प्रतिशत रहेको छ । भारतमा पछिल्लो २४ घण्टामा प्रति १ सय जनामा २.४८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार पछिल्लो २४ घण्टामा १८ लाख ८० हजार २६ नमूना परीक्षण गरिएको थियो । भारतमा लगातार पाँचौं दिन ५० हजारभन्दा कम संक्रमण पुष्टि भएको हो ।
भारतमा ५९ हजार ३८४ जना कोरोना संक्रमित निको भएका छन् । हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या २ करोड ९५ लाख ४८ हजार ३०२ जना पुगेको छ ।
गएको चौबीस घण्टामा ४६ हजार ६१७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भारतमा हाल सक्रिय संक्रमित ५ लाख ९ हजार ६३७ जना रहेका छन् । नयाँ पुष्टि भएका संक्रमितसँगै भारतमा कोरोनाका कुल संक्रमित ३ करोड ४ लाख ५८ हजार २५१ पुगेको छ ।
भारतमा गएको चौबीस घण्टामा ८५३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म भारतमा कोरोना संक्रमणबाट मृत्यु भएकाको संख्या ४ लाख ३ सय १२ पुगेको छ । गएको चौबीस घण्टामा भारतमा हालसम्म ३४ करोड ७६ हजार २३२ जनाले कोरोना बिरुद्धको खोप लगाएका छन् ।


