काठमाडौं, कार्तिक ३ (ई-रैवार)
नेपालमा आज थप ३ हजार ७ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७ सय ९० कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाका मात्र २ हजार ३ सय ८८ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका २ हजार ८ जना, ललितपुरका २ सय ८२ र भक्तपुरका ९९ जना छन् ।
मोरङका २ सय ८६ जना, सुनसरीका १ सय १८, मकवानपुरका ९६, बर्दियाका ९२, चितवनका ९०, काभ्रेका ८०, कास्कीका ३९, सप्तरीका ३८, नवलपरासीका ३६, बाराका ३४, प्युठानका ३३, कैलालीका २९, नुवाकोट र दैलेखका २५/२५ जना, सर्लाही र तनहुँका २२/२२ जना, धादिङ र बाँकेका २१/२१ जना, उदयपुरका १८, स्याङ्जका १७, कञ्चनपुरका १३, धनुषा, सिन्धुपाल्चोक र गोरखाका १२ /१२ जना तथा महोत्तरी र कपिलवस्तुका ११/११ जना छन् ।
नवलपुरका १०, रौतहटका ९, पर्सा र सिराहाका ८/८ जना, रामेछाप, बाग्लुङ, पाल्पा र रुकुम पश्चिमका ७/७ जना, संखुवासभाका ५, इलाम, दोलखा, सिन्धुली, पर्वत, लमजुङ, जाजरकोट र बझाङका ४/४ जना, ओखलढुंगा, पाँचथर, गुल्मी, दाङ, जुम्ला, अछाम र दार्चुलाका ३/३ जना, भोजपुर, रसुवा, बर्दिया र, सल्यानका २/२ जना तथा तेह्रथुम, म्याग्दी, कालीकोट, सुर्खेत, डडेलधुरा, डोटी र बैतडीका १/१ जनामा कोरोना संक्रमण देखिएको छ ।
यससँगै कुल संक्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेको छ । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ४० हजार ७ सय ७८ रहेको छ । पछिल्लो २४ घण्टामा २ हजार ३ सय ३५ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ९४ हजार ५ सय १ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ६९ दशमलव ५ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १५ हजार ७ सय १४ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १३ लाख ९ सय १८ जनाको पीसीआर परीक्षण गरिएको छ ।
देशभरका संस्थागत आइसोलेसन १३ हजार ८ सय ५१ जना र होम आइसोलेसनमा २६ हजार ९ सय २७ जना रहेका छन् । आजसम्म देशभर चार हजार ४ सय ७० जना क्वारेन्टिनमा रहेका छन् ।
देशभर ६३ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २ सय ८२ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।
शनिबार देशभर ३ हजार १ सय ६७ कोरोना भाइरस संक्रमित थपिएका थिए भने एक हजार ८ सय जना डिस्चार्ज भएका थिए । शनिबार देशभर कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको थियो ।
आइतबार देशभर २ हजार ९ सय ४२ कोरोना भाइरस संक्रमित थपिएका थिए भने दुई हजार ३ सय २६ जना डिस्चार्ज भएका थिए । आइतबार देशभर १२ जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।


