आईपीएल : कोलकातालाई हराउँदै मुम्बई शीर्ष स्थानमा

आईपीएल : कोलकातालाई हराउँदै मुम्बई शीर्ष स्थानमा
Spread the love

काठमाडौँ, कात्तिक १  (ई-रैवार) 

मुम्बई इन्डियन्स यूएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लेको छ । शुक्रबार भएको खेलमा मुम्बईले कोलकाता नाइट राइडर्सलाई ८ विकेटले पराजित गरेको हो ।

शेख ज्यायद क्रिकेट स्टेडियममा कोलकाताले मुम्बई इन्डियन्सलाई जितका लागि १४९ रनको लक्ष्य पछएको कोलकाताले १६ ओभर ५ बलमा २ विकेट गुमाउँदै १४९ रन बनायो ।

मुम्बईका लागि क्विन्टन डीककले अर्धशतकीय पारी खेले । ४४ बल खेलेका उनले ९ चौका र ३ छक्काको सहयोगमा ७८ रन बनाए । त्यस्तै रोहित शर्माले ३५ रन बनाउँदा हार्दिक पाण्ड्याले २१ रनको योगदान गरे ।

बलिङतर्फ कोलकात्ताका लागि भरुन चक्रवर्ति र शिभम मावीले समान एक–एक विकेट लिए ।  यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १४८ रन बनाउन सफल भएको थियो ।

कोलकाताका लागि प्याट कमिन्सले अर्धशतकीय पारी खेले । ३६ बल खेलेका उनले ५ चौका र २ छक्काको सहयोगमा ५३ रन बनाउन सफल भए । त्यस्तै कप्तान इयान मोर्गानले ३९ रन बनाउँदा सुभम गिलले २१ रनको योगदान गरे ।

बलिङतर्फ मुम्बईका लागि राहुल चहारले दुई विकेट लिए । त्यस्तै प्याट कमिन्स, नाथन कट्रेल र जस्प्रित भुम्राहाले समान एक–एक विकेट लिए ।

शुक्रबारको खेलमा जित निकाल्दै मुम्बई ८ खेलबाट १२ अंकसँगै शीर्ष स्थानमा रहेको छ । समान खेल खेलेको कोलकात्ता ८ अंकसँगै तालिकाको चौथो स्थानमा रहेको छ ।