धनगढी, असोज २९ (ई-रैवार)
सेती प्रादेशिक अस्पतालमा आज थप ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा प्रादेशिक अस्पतालको प्रयोगशालामा १ सय ७२ जनाको नमुना परीक्षण गर्दा ६९ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठका अनुसार ५६ जना कैलालीका मात्रै कोरोना संक्रमण पुष्टि भएका छन् । कञ्चनपुरका १२ जना, डोटी र डडेल्धुराका १/१ जना गरि ६९ जना रहेका सेती प्रादेशीक अस्पतालका सुचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए ।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी श्रेष्ठले धनगढी उपमहानगरपालिकाको वडा नम्बर १ का १० जना, वडा नम्बर ४ का ७ जना, वडा नम्बर ५ का ६ जना, वडा नम्बर २ का ३ जना, वडा नम्बर ८ का २ जनामा, वडा नम्बर १२ र १३ का १/१ जना र वडा नखुलेका २ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
कैलालीको लम्कीचुहाका १२ जना, गोदावरीका ९ जना, घोडाघोडीका २ जना, कैलालीको स्थानीय तह नखुलेका १ जनामा पनि संक्रमण पुष्टी भएको छ ।
त्यसैगरि कञ्चनपुरको बेदकोटका ५जना, भिमदत्तका, कृष्णपुरका १/१ जना, पुर्नवास र लाझाडीका २/२ जनामा संक्रमण पुष्टी भएको हो । डोटी र डडेल्धुराका १/१ जनामा पनि संक्रमण पुष्टी भएको अस्पतालले जनाएको छ ।



