नेपालमा थप ३ हजार ७ सय ४९ जनामा कोरोना पुष्टि, ३५ सय ६४ जना डिस्चार्ज

नेपालमा थप ३ हजार ७ सय ४९ जनामा कोरोना पुष्टि, ३५ सय ६४ जना डिस्चार्ज
Spread the love

काठमाडौं, असोज २९ (ई-रैवार)

नेपालमा आज थप ३ हजार ७ सय ४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १६ हजार ५ सय ९८ नमुना परीक्षण गर्दा ३ हजार ७ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयकाअनुसार काठमाडौं उपत्यकामा १ हजार ९ सय ३५ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका १ हजार ६ सय ९२, भक्तपुरका १ सय ३४ र ललितपुरका १ सय ८ जना छन् ।

यस्तै सुनसरीका ३ सय २१ जना, मोरङका १ सय ७२, रुपन्देहीका १ सय ४६, दाङका १ सय १९, धादिङका १ सय १७, मकवानपुरका ९०, सुर्खेतका ७६, काभ्रेका ६७, चितवनका ६२, बाग्लुङका ५८, कैलालीका ५५, कास्की र दार्चुलाका ३८/३८ जना, बाँकेका ३७, पर्सा र सिराहाका २६/२६ जना, नवलपरासीका ३२, डोटीका २८, धनुषाका २२, दैलेखका १७, बाराका १५ तथा गोरखा र गुल्मीका १४/१४ जनामा संक्रमण पुष्टि भएको छ ।

सिन्धुपाल्चोकका १३ जना, सिन्धुलीका १२, उदयपुर, कपिलवस्तु र बर्दियाका ११/११ जना, रौतहट र प्युठानका १०/१० जना, रामेछापका ९, सप्तरी र नुवाकोटका ८/८ जना, अछामका ७, सर्लाही, नवलपुर, अर्घाखाँची र पाल्पाका ६/६ जना, दोलखा र तनहुँका ५/५ जना, लमजुङ र कालीकोटका ४/४ तथा महोत्तरी, पर्वत र बझाङका ३/३ जनामा पनि संक्रमण देखिएको छ ।

भोजपुर र बतैडीका २/२ जना तथा इलाम, ओखलढुंगा, तेह्रथुम, धनकुटा, पाँचथर, संखुवासभा, म्याग्दी, स्याङ्जा, रुकुम पूर्व, जुम्लाद, सल्यान, डडेलधुरा र बाजुराका १/१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस सँगै कुल संक्रमितको संख्या १ लाख २१ हजार ७ सय ४५ पुगेको छ । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ३६ हजार ५ सय ३३ रहेको छ । पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ६४ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ८४ हजार ५ सय १८ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ६९ दशमलव ४ प्रतिशत रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १६ हजार ५ सय ९८ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १२ लाख ३७ हजार जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन १२ हजार ३ सय ३९ जना र होम आइसोलेसनमा २४ हजार १ सय ९४ जना रहेका छन् । आजसम्म देशभर ४ हजार ८ सय २५ जना क्‍वारेन्टिनमा रहेका छन् ।

देशभर ६८ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर ३ सय १४ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।