कञ्चनपुर, भदौ २ (ई-रैवार)
नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाले ३३ जना साधारण सदस्यहरुको सदस्यता खारेजका लागि सिफारिस गर्ने निर्णय गरेको छ । महासंघका कार्यावाहक अध्यक्ष दुर्गा उपाध्यायको अध्यक्षतामा मंगलबार बसेको बैठकले २ बर्ष सम्म सदस्यता नवीकरणका लागि महासंघको सम्पर्कमा नआएकाहरुको सदस्यता खारेजका लागि पत्रकार महासंघ केन्द्रीय कार्यालयलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
महासंघमा शुद्धिकरणको चर्चा चलिरहेका बेला महासंघले विधान अनरुप नवीकरणका लागि अनुपस्थित साधारण सदस्यहरुले सदस्यता खारेजीका लागि निर्णय गरिएको कार्यावाहक अध्यक्ष उपाध्यायले जानकारी दिइन ।
महासंघको सो शाखाले पहिलो पटक यति ठुलो संख्यामा सदस्यता खारेजका लागि सिफारिस गरेको हो । २ सय ६० जना सदस्य रहेको महासंघको कञ्चनपुर शाखा सुदूरपश्चिमकै सबैभन्दा ठुलो शाखा हो ।


