विश्वभर ३ करोड ७७ लाखमा कोरोना संक्रमण पुष्टि, १० लाख ८१ हजारको मृत्यु

विश्वभर ३ करोड ७७ लाखमा कोरोना संक्रमण पुष्टि, १० लाख ८१ हजारको मृत्यु
Spread the love

काठमाडौं, असोज २६ (ई-रैवार)

विश्वभर ३ करोड ७७ लाख मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ लाख ७७ हजार ३ सय २९ जना संक्रमित भएका छन् । योसँगै कोरोना संक्रमितको संख्या ३ करोड ७७ लाख ३९ हजार ४ सय ३२ पुगेको हो ।

संक्रमितमध्ये २ करोड ८३ लाख ४५ हजारभन्दा बढी निको भएका छन् । पछिल्लो २४ घण्टामा २ लाख ३३ हजार ८ सय २२ जना संक्रमण मुक्त भएका छन् ।यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ८ सय ६८ जनाको मृत्यु भएको छ । योसँगै सोमबार बिहान यो समाचार तयार पार्दासम्म कोरोनाले मृत्यु हुनेको संख्या १० लाख ८१ हजार ३ सय ८६ पुगेको छ ।

सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा संक्रमितको संख्या ७९ लाख ९१ हजार पुगेको छ ।

दोस्रो धेरै संक्रमण भएको मुलुक भारतमा संक्रमित संख्या ७१ लाख  १९ हजारमा संक्रमण पुष्टि भएको छ । यस्तै ब्राजिलमा संक्रमित संख्या ५० लाख ९४ हजार पुगेको छ । ब्राजिलमा विश्वमा तेस्रो धेरै संक्रमण भएको मुलुक हो ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ३० हजार ९ सय ३९ जनाको मृत्यु भएको छ । ६० लाख ३३ हजार ३ सय ३४ जना संक्रमित भएकोमा ३० लाख २५ हजार ९ सय १६ जना संक्रमणमुक्त भएका छन् ।