बाजुरा असार १०(ई-रैवार)
बाजुरामा जीप दुर्घटना हुँदा १४ जना घाईते भएका छन् । जिल्लाको बुढीगङ्गा नगरपालिकाको फालासैन बजारमा से१ज १०१९ नम्बरको जीप दुर्घटना भएको हो ।
फालाशैन बजारबाट सेराबजार आउन लागेको समयमा दुर्घटना हुँदा चालकसहित १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि अछामको बयालपाटा अस्पतालमा रेफर गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टंकप्रसाद भट्टराईले जानकारी दिए। अन्य सामान्य घाइते १२ जनाको स्थानीयस्तरमा उपचार भइरहेको जनाइएको छ
जीप दुर्घटनामा १४ जना घाइते


