काठमाडौं, असोज २३ (ई-रैवार)
कोरोना भाइरसको संक्रमणबाट नेपालमा आज थप १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर १० जनाको मृत्यु भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६सय पुगेको छ ।
बिहीबार देशभर १२ जनाको कोरोना संक्रमण मृत्यु भएको छ । बुधबार देशभर १५ र मंगलबार देशभर ९ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको थियो । सोमबार देशभर १९ जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।


