कर्मचारीमा कोरोना देखिए पछि पाटन नगरपालिका सिल

कर्मचारीमा कोरोना देखिए पछि पाटन नगरपालिका सिल
Spread the love

बैतडी, असोज २३ (ई-रैवार)

कर्मचारीमा कोरोना देखिए पछि बैतडीको पाटन नगरपालिका सिल गरिएको छ । डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा नगरपालिकामा कार्यरत २ जनामा पुष्टि भए पछि नगरपालिका सिल गरिएको हो

पाटन नगरपालिकाका प्रमुख केशब बहादुर चन्दले असोज ३० गते सम्म नगरपालिका र १० ओटै वडा कार्यालयबाट प्रदान गरिने सबै सेवा बन्द हुने बताए ।

आज कोरोना पुष्टी भएकाहरु २ जनालाई आइसोलेसनमा राखिएको र स्वास्थ्य अवस्था समान्य रहेको नगरपालिकाका स्वास्थ्य संयोजक मदन सिह महराले जानकारी दिएका छन । संक्रमित कर्मचारीको सम्पर्कमा रहेका नगरपालिकाका कर्मचारी, जनप्रतिनिधि र अन्यको स्वाब संकलन गरेर कोरोना परीक्षण गरिने स्वास्थ्य संयोजक महराले बताए ।

स्वास्थ्य संयोजक महराका अनुसार आज थप २ जनामा कोरोना पुष्टी भएसंगै बैतडीमा कोरोना संक्रमतिको संख्या ४ सय २० पुगेको छ । जसमध्ये २२ जना सक्रिय संक्रमीत रहेका छन ।