कैलाली, असोज २३ (ई-रैवार)
कैलालीको गोदावरी नगरपालिका वडा नं ३ चौकीडाड मालाखेतीमा आजवाट गोदावरी खुल्ला ब्याटमिन्टन प्रतियोगिता सुरु भएको छ ।
गोदावरी नगरपालिका युवा ब्यबसायीहरुको संयुक्त आयोजनामा सुरु भएको प्रतियोगिताको सुदूरपश्चिम प्रदेश सांसद चुन कुमारी चौधरी र गोदावरी नगरपालिकाकी उप प्रमुख रत्ना कडायतले ब्याटमिन्टन खेल्दै उद्घाटन गरेका हुन् ।
आज र भोली दुई दिन सम्म चल्ने खुल्ला ब्याटमिन्टन प्रतियोगितामा प्रथम हुने टिमले नगद २१ हजार ५ सय प्राप्त गर्ने युबा समुहका सदस्य छत्र रोकायाले बताए ।
कार्यक्रममा वडा नं ३ का वडा अध्यक्ष मोहन खत्री , ब्याटमिन्टन खेल तर्फ अण्डर १९ को राष्टिय टिममा टप ७ मा पर्न सफल खेलाडी प्रिन्स दाहाल, ईप्रका मालाखेतीका प्रहरी निरिक्षक लक्ष्मीराज जोशी , माउन्ट एभरेष्ट क्लब युवा क्लबका अध्यक्ष बेद प्रकार पाण्डे लगाएतको सहभागिता रहेको छ ।
प्रतियोगितामा कैलाली, कञ्चनपुर सहित देशका बिभिन्न ठाउँवाट २८ वटा टिमको सहभागिता रहेको उनले जानकारी दिए । लामो समयको लकडाउनले युबाहरुमा निराशा नहोस भनेर खेल तिर आकर्षित गराउन प्रतियोगिताको आयोजना गरिएको आयोजनले बताएको छ ।


