विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ५६ लाख, सार्क राष्ट्रको तथ्यांक यस्तो छ

विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ५६ लाख, सार्क राष्ट्रको तथ्यांक यस्तो छ
Spread the love

काठमाडौं, असोज २१ (ई-रैवार)

विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३ करोड ५६ लाख नाघेको छ। बुधबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर ३ करोड ५६ लाख  ८१ हजार ५ सय ५२ जना  संक्रमित भएको तथ्यांक रहेको छ ।

संक्रमण पुष्टि हुनेको संख्या अमेरिकामा सर्वाधिक रहेको छ। अमेरिकामका संक्रमितको संख्या ७४ लाख ९६ हजार २९ पुगेको छ। त्यस्तै भारतमा ६६ लाख ८५ हजार ८२, ब्राजिलमा ४९ लाख २७ हजार २ सय ५३ र रुसमा १२ लाख ३१ हजार २ सय २७ जनामा ंसंक्रमण पुष्टि भएको तथ्यांक रहेको छ ।

त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या १० लाख ४७ हजार नाघेको छ ।

पछिल्लो तथ्यांक अनुसार १० लाख ४७ सय ७ सय ३१ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ।

अमेरिकामा २ लाख १० हजार ८ सय १२,  ब्राजिलमा १ लाख ४६ हजार ६ सय ७५, मेक्सीकोमा  ८२ हजार ३ सय ४८, बेलायतमा ४२ हजार ५ सय ३५, इटालीमा ३६ हजार ३० जनाको मृत्यु भएको छ ।

विश्वभर दुई करोड ४८ लाख ५६ हजार ४ सय ९७ जना संक्रमणमुक्त भएका छन् ।

बुधबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा ४३ लाख ९७ हजार ८ सय ८२, अमेरिकामा २९ लाख ५२ हजार ३ सय ९०, रुसमा ९ लाख  ८४ हजार ७ सय ६७ जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा पनि ९० हजार ८ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये ६७ हजार ५ सय ४७  जना संक्रमणमुक्त भएका छन् भने ५ सय ६३ जनाको मृत्यु भएको छ ।

भारतमा संक्रमितको संख्या ६६ लाख ८५ हजार ८२ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या एक लाख ३ हजार ५ सय ६९ पुगेको छ। भारतमा हालसम्म ५६ लाख ६२ हजार ४ सय ९० जना  संक्रमित संक्रमणमुक्त भएका छन् ।

पाकिस्तानमा हालसम्म ३ लाख १५ हजार ७ सय २७ जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ६ हजार ५ सय २३ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म ३ लाख ६ सय १६ जना उपचारपछि निको भएका छन् ।

बंगलादेशमा कोरोना संक्रमितको संख्या ३ लाख ७१ हजार ६ सय ३१ पुगेको छ। बंगलादेशमा हालसम्म ५ हजार ४ सय ५ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा  २ लाख ४८ हजार ८ सय ३३ छ ।

अफगानिस्तानमा संक्रमितको संख्या ३९ हजार ४ सय ८६ पुगेको छ। अफगानिस्तानमा १ हजार ४ सय ६७ जनाको मृत्यु भइसकेको छ भने ३२ हजार ९ सय ७७ जना उपचारपछि निको भएका छन् ।

माल्दिभ्समा संक्रमितको संख्या १० हजार ६ सय २१ जना रहेको छ। मृत्यु हुनेको संख्या ३४ छ भने उपचारपछि निको हुनेको संख्या ९ हजार ४ सय ६६ पुगेको छ ।

श्रीलंकामा संक्रमितको संख्या ४ हजार २ सय ५२ जना  रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या १३ छ भने निको हुनेको संख्या ३ हजार २ सय ६६ रहेको छ ।

भुटानमा संक्रमितको संख्या २ सय ९९ पुगेको छ। उपचारपछि निको हुनेको संख्या २ सय ४८ छ ।

स्वास्थ्य खबरबाट