काठमाडौं, असार १६ (ई–रैवार)
एमाले अध्यक्ष केपी शर्मा ओली पक्षले निर्णय गरे संगै माधवकुमार नेपाल पक्षले स्थायी समिति बैठक बोलाएको छ । वरिष्ठ नेता नेपालले विकसित राजनीतिक घटनाक्रमबारे आफ्नो समूहको बिहीबार बैठक बसेर छलफल गर्ने स्थायी समिति बैठक बोलाएको हो ।
माधव पक्षकी नेतृ अष्टलक्ष्मी शाक्यले बिहीबार विकसित राजनीतिक घटनाक्रमबारे आफ्नो समूहको बैठक बसेर छलफल गर्ने जानकारी दिइन् । ‘बिहीबार हाम्रो समुहको बैठक बसेर छलफल गर्छौ’, शाक्यले जानकारी दिइन् ।
अध्यक्ष केपी शर्मा ओलीले बुधबार महाधिवेशन आयोजक कमिटीको बैठक राखेर जेठ २ को पार्टी संरचनामा असार १८ मा केन्द्रीय कमिटी बैठक बोलाउने तथा नेताहरूमाथि गरेको कारवाही खारेज गर्ने घोषण गरेपछि माधव समुहले आफ्नो पक्षको स्थायी समिति बैठक बोलाएको हो ।
बुधबार बालुवाटारमा बसेको बैठकले आठ जना नेतालाई स्थायी समिति सदस्यमा मनोनयन गर्ने समेत निर्णय गरेपछि माधव समूहले अध्यक्ष ओली जेठ २ मा फर्कने भनेर प्रचार गरेपनि व्यवहारमा त्यस्तो नदेखिएको बताइन् ।
एमालेको खनाल–नेपाल समूहकी वाग्मती प्रदेश इन्चार्ज समेत रहेकी शाक्यले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओली फेरि उल्टो बाटो हिँडेको प्रतिक्रिया दिएकी छिन् ।
“मिलेर जाने भनेपछि केपी ओली र माधव नेपालबीच छलफल हुनुपथ्र्यो । २०७५ जेठ २ को स्थायी कमिटी बोलाएर के–के गर्ने भन्ने छलफल गर्नुपथ्यो । त्यसलाई पारित गरेर केन्द्रीय कमिटी बैठक तय गर्नुपथ्र्यो । यो सुल्टो हुन्थ्यो । अवैध कमिटीबाट निर्णय गरेर उहाँले फेरि उल्टो काम भयो,” उनले भनिन् ।
उनले ओलीले सर्वोच्च अदालतको आदेश नमानेर अवैध कमिटीको बैठक बोलाउनै नहुने बताइन् । एकपक्षीय ढंगले अघि बढेर ओलीले एकता भाड्न खोजेको बताइन् ।
“आयोजक कमिटी भनेको हामीले मान्यता नदिएको कमिटी हो । सर्वोच्चले पनि अमान्य भनेको कमिटी हो । उहाँले आफ्नो दम्भ देखाउन सर्वोच्चको आदेश विपरीत बैठक बोलाउनुभयो । त्यही बैठकबाट कसलाई थप्ने, घटाउने लगायतका निर्णय गर्न पाइन्छ ? यो कमिटीको बैठक राख्नै हुँदैनथ्यो । अवैध कमिटीको राखेर विभिन्न निर्णय गर्नुले एकता खलबल्याउन, भाँड्न खोजेको हो । यो उहाँको तरिका बेठिक छ,” उनको भनाइ छ । एकतालाई स्वच्छ भावनाका साथ अघि बढाउनुपर्नेमा त्यस्तो हुन नसको उनले बताइन् ।


