भजनी नगरपालिकामा अत्यावश्यकबाहेक सबै सेवा बन्द

भजनी नगरपालिकामा अत्यावश्यकबाहेक सबै सेवा बन्द
Spread the love

कैलाली, असोज १६ (ई-रैवार)

भजनी नगरपालिकाबाट हुने अत्यावश्यकबाहेक सबै सेवा बन्द गरिएको छ। प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत १५ स्वास्थ्यकर्मीमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि नगरपालिका तथा वडा कार्यालयबाट हुने अत्यावश्यकबाहेक सबै सेवा बन्द गरिएको हो ।

कैलाली जिल्लाको भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत १५ स्वास्थ्यकर्मीमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि नगरपालिका तथा वडा कार्यालयबाट हुने अत्यावश्यकबाहेक सबै सेवा बन्द गरिएको नगरपालिकाका कार्यवाहक प्रमुख छाया देवकोटाले बताएका छन ।

नगरपालिकाका कार्यवाहक प्रमुख  देवकोटाले सूचना जारी गर्दै स्वास्थ्य केन्द्रमा सेवारत अधिकांश स्वास्थ्यकर्मीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हुँदा समुदायस्तरसम्म फैलिन नदिन नगरपालिका र नौ वटै वडा कार्यालयबाट प्रदान गरिने अत्यावश्यकबाहेकका सबै सेवा अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको बताए ।

उनले सरकारले जोखिम न्यूनीकरणका लागि जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना  गरी आफ्ना दैनिक क्रियाकलाप सञ्चालन गर्न  नगरवासीमा अनुरोध गरेकी छिन्।  भजनी प्राथमिक स्वास्थ्य केन्द्रले पनि सूचना जारी गर्दै प्रसूति बाहेकका अन्य सबै सेवा अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको जनाएको छ।