बैतडी असार १३(ई-रैवार)
बैतडीको क्वारेन्टीनमा बसेकाहरूलाई खाना पकाएर ख्वाउने एकजना पुरुषको मृत्यु भएको छ । दशरथचन्द नगरपालिका–४ का ५० वर्षिय पुरूषको मृत्यु भएको हो ।
उनि स्थानीय जगन्नाथ बहुमुखी क्याम्पसको क्वारेन्टीनमा खाना पकाउने काममा संलग्न रहेको खुलेको छ ।
प्रहरीका अनुसार शुक्रबार राती बिरामी भएपछि शनिबार बिहान अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको हो ।
मृतक क्वारेन्टीनमा खाना पकाउने कार्यमा संलग्न रहेकाला कोरोना परीक्षणका लागि स्वाब संकलन गरेर पठाईने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए । स्वाब संकलन गर्ने र शव कसरी व्यवस्थापन गर्ने भन्ने कुराको तयारी भइरहेको उनले जानकारी दिए ।


