धनगढी, असोज २५ (ई-रैवार)
कोरोना संक्रमण पुष्टि भएका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक अनुप शमसेर जबरालाई थप उपचारका लागि काठमाण्डौं लगिएको छ ।
श्वासप्रश्वासमा समस्या देखिएपछि जबरालाई आज एम्बुलेन्समार्फत काठमाडौं लगिएको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रबक्ता एसएसपी मुकेशकुमार सिंहले बताए ।
उनले जबरालाई काठमाडौ स्थित प्रहरी अस्पताल लगिएको बताए । केही दिन अघि कोरोना पोजेटिभ देखिएका उनको धनगढीमै उपचार भइरहेको थियो।


