कञ्चनपुरमा २२ वर्षीय युवती मृत अवस्थामा फेला

कञ्चनपुरमा २२ वर्षीय युवती मृत अवस्थामा फेला
Spread the love

कञ्चनपुर, असोज १२ (ई-रैवार)

कञ्चनपुरमा २२ वर्षीय युवती मृत अवस्थामा फेला परेकी छन् । प्रहरीका अनुसार कञ्चनपुरको बेल्डाँडी गाउँपालिकामा २२ वर्षीय युवती मृत अवस्थामा फेला परेकी हुन ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमर थापाले बेल्डाँडी गाउँपालिकाको वडा नम्बर ५ मा २२ वर्षीय वविता कामी मृत अवस्थामा भेटिएको बताएका छन ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक थापाले कामी घर नजिकैको गौशालामा झुण्डिएको अवस्थामा मृत भेटिएको जानकारी हुन । उनले घटना सम्बन्धी थप अनुसन्धान भैरहेको बताएका छन ।