धनगढी, असोज १२ (ई-रैवार)
सुदूरपश्चिम प्रदेशमा थप १ सय ३६ जना कोरोना संक्रमित संक्रमण मुक्त भएका छन् । स्वास्थ्य निर्देशनालयका अनुसार आईतबार १ सय ३६ जना डिस्चार्ज भएसँगै संक्रमण मुक्त हुनेको संख्या ६ हजार १९ पुगेको हो ।
आईतबार कैलालीका ८८ जना, बझाङका ३३ जना, महाकाली अस्पतालबाट ८ जना, कञ्चनपुरका ४ र दार्चुलाका ३ जना संक्रमित डिस्चार्ज भएका छन् ।
यो सँगै प्रदेशभर संक्रमण मुक्त हुनेको संख्या ६ हजार १९ पुगेको छ । सबैभन्दा बढि कैलालीमा १ हजार ८ सय ३५ जना डिस्चार्ज भएका छन् ।
यस्तै अछामका ९ सय २४, कञ्चनपुरका ७ सय ४१, डोटीका ९ सय ४७, बझाङका ४ सय २२, बाजुराका ४ सय ५१, बैतडीका ३ सय २९, डडेल्धुराका ३ सय २१ र दार्चुलाका ४९ जनाले कोरोना जितेको निर्देशनालयले जनाएको छ ।
प्रदेशभर अहिले सम्म ७ हजार ५१ जना कोरोना संक्रमण पुष्टि भईसकेको स्वास्थ्य तथा जनसंख्या निर्देशनालयले जनाएको छ। सुदूरपश्चिम प्रदेशमा २० जनाको कोरोना संक्रमणकै कारणबाट मृत्यु भईसकेको छ ।


