डाक्टर केसी भेरी अस्पतालमा, स्वास्थ्य अवस्था सामान्य

डाक्टर केसी भेरी अस्पतालमा, स्वास्थ्य अवस्था सामान्य
Spread the love

नेपालगन्ज, असोज ६ (ई–रैवार)

डाक्टर गोविन्द केसीको भेरी अस्पतालमा उपचार भैरहेको छ । स्वास्थ्य अवस्था बिग्रदै गएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आईसियू कक्षमा अनशनरत सत्याग्रही डाक्टर केसीलाई सोमबार नेपालगन्ज ल्याइएको हो ।

दुई दिनदेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आईसियू अस्पतालमा भएपनि कुनै उपचार लिन नमानेका केसीलाई सोमबार दिउँसो समिट एयरमार्फत नेपालगन्ज ल्याइएको हो ।

चिकित्सा शिक्षा सुधारका लागि कर्णालीको जुम्लामा आमरण अनशन बसिरहेका डा. केसीलाई १९ औं सत्याग्रहको आठौं दिन सोमबार नेपालगन्जकै भेरी अस्पतालमाको क्याबीन नम्बर ४ मा राखेर उपचार गरिरहेको भेरी अस्पतालका मेसु डाक्टर प्रकाश थापाले बताए ।

डाक्टर थापाले केसीको उपचारमा भेरी अस्पतालमा रहेका डाक्टर संकेत रिसाल र डाक्टर निर्मल शाक्य, डाक्टर राजेश मण्डल र नर्स इश्वरी केसी खटिएको जानकारी दिएका छन । केसीसँग उनको नियमित जाँच गर्दैै आएका डाक्टर प्रविण गिरी र हिमाल कार्की पनि आएका छन् उनले भने।

आठौं दिनमा आएर सोमबार भेरी अस्पतालमा रगत जाँचका लागि डा. केसी राजी भएको डाक्टर प्रविण गिरीले बताए । ‘सबैभन्दा राम्रो कुरा आठौं दिनमा आएर स्वास्थ्य जाँच गर्न राजी हुनुभएको छ’, डाक्टर गिरीले भने, ‘रगत जाँच गरिएको छ, सलाइन पानी दिइरहेका छौं ।’ उनले आजैको फलाइटबाट काठमाडौं जाने तयारी भैरहेको छ।

भेरी अस्पतालमा डाक्टर केसीको उपचारमा सहभागी संकेत रिसालले अवस्था स्वास्थ्य सामान्य रहेको बताएका छन ।