नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै

नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै
Spread the love

काठमाडौं, फागुन २१ (ई-रैवार)

नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्ने भएको छ । संसद् पुनर्स्थापनाका लागि सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयन गर्दे सरकारले संसद् बैठकको मिति तय गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको बैठक बस्न थालेको हो ।

नेपाली कांग्रेसले बिहीबार पदाधिकारी बैठक बोलाएर संसद्‌ र नयाँ सरकार गठनमा कांग्रेसको भूमिकाको विषयमा छलफल भएको थियो । आन्तरिक छलफल लगायतका विषयमा छलफल गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । फागुन २४ गते बोलाइएको संसद् बैठकमा कांग्रेस कसरी प्रस्तु हुने भन्‍ने विषयमा छलफल गर्ने कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो ।

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहीबार बेलुकी बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले संविधान, लोकतन्त्र र जनतालाई केन्द्रमा राखेर संयमतापूर्वक निर्णय गर्ने निस्कर्ष निकालेको थियो ।

“बृहत्तर रुपमा संविधानलाई, लोकतन्त्रलाई, जनतालाई केन्द्रमा राख्नुपर्छ । यस्लाई धैर्यतापूर्वक नहत्तारिएर संयमतापूर्वक निर्णय लिनुपर्छ भन्ने एकमतको निर्णय रह्यो,” बैठकपछि प्रवक्ता विश्वप्रकाश शर्माले भने ।