नेपालमा थप १ हजार ५ सय ७३ जनामा कोरोना पुष्टि, ८ सय ८५ जना डिस्चार्ज

नेपालमा थप १ हजार ५ सय ७३ जनामा कोरोना पुष्टि, ८ सय ८५ जना डिस्चार्ज
Spread the love

काठमाडौं, असोज ११ (ई–रैवार) 

नेपालमा आज थप १ हजार ५ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर १ हजार ५ सय ७३ कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ८ सय ९ जनासंक्रमित थपिएका छन्, जसमध्ये काठमाडौं जिल्लाका ६ सय ३३, ललितपुरका १ सय ४ र भक्तपुरका ७२ जना छन् ।

यस्तै मोरङका १ सय ५२ जना, चितवनका ८३, सुर्खेतका ७६, कैलालीका ५६, रुपन्देहीका ४७, बर्दिया र बाँकेका ३३/३३ जना, बाग्लुङका ३२, दाङका ३०, कास्कीका २८, बझाङका २४, बारा र लमजुङका २०/२० जना, पर्साका १७, रौतहटका १६, कञ्चनपुरका १३ र सल्यानका १२ जनामा संक्रमण पुष्टि भएको छ ।

सप्तरी र नवलपुरका ८/८ जना, कपिलवस्तुका ६, रोल्पाका ५, तनहुँ र दैलेखका ४/४ जना, झापा, सुनसरी, महोत्तरी, नुवाकोट र सिन्धुपाल्चोकका ३/३ जना, गुल्मी, प्युठान र अछामका २/२ जना तथा भोजपुर, धनुषा, सर्लाही, सिराहा, धादिङ,मकवानपुर, रसुवा, रामेछाप, गोरखा, अर्घाखाँची, नवलपरासी, डोटी र बैतडीका १/१ जनामा पनि संक्रमण देखिएको छ ।

मन्त्रालयका प्रवक्ता डा.गौतमका अनुसार यस सँगै कुल संक्रमितको संख्या ७३ हजार ३ सय ९४ पुगेको छ ।  देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १९ हजार १९ रहेको छ ।

पछिल्लो २४ घण्टामा ८ सय ८५ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ५३ हजार ८ सय ९८ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७३ दशमलव ४ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १० हजार १ सय २३ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ९ लाख ८८ हजार ३ सय २७ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन ८ हजार ३ सय २१ जना र होम आइसोलेसनमा १० हजार ६ सय ९८ जना रहेका छन् । आजसम्म देशभर ६ हजार २ सय ८१ जना क्‍वारेन्टिनमा रहेका छन् ।

देशभर ३३ कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २ सय २५ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।

शनिबार देशचर १ हजार २ सय ७ कोरोना संक्रमित थपिएका थिए भने १ हजार १ सय  ४७ जना डिस्चार्ज भएका थिए । कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको थियो ।