कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु, मृतकको संख्या ४ सय ७७ पुग्यो

कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु, मृतकको संख्या ४ सय ७७ पुग्यो
Spread the love

काठमाडौं, असोज ११ (ई–रैवार)

नेपालमा आज कोरोना भाइरसको संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १० जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार  मृत्यु हुनेमा १ महिला र ९ पुरुष रहेका छन् ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ७७ पुगेको छ । शनिबार कोरोना संक्रमणबाट देशभर ८ जनाको मृत्यु भएको थियो ।