सुदूरपश्चिम प्रदेशमा थप एकजना कोरोना संक्रमितको मृत्यु

सुदूरपश्चिम प्रदेशमा थप एकजना कोरोना संक्रमितको मृत्यु
Spread the love

अछाम, असोज ११ (ई–रैवार) 

सुदूरपश्चिम प्रदेशमा थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। अछामको बान्नीगढी जयगढ गाउँपालिका वडा न ३ बर्दादेविका ३४ बर्षीय पुरुषको शनिबार जिल्ला अस्पताल अछाममा मृत्यु भएको हो ।

जिल्ला अस्पताल अछामले डोटी अस्पताल प्रयोगशालामा शुक्रबार भएको परीक्षणमा उनको रिर्पोट पोजिटिभ आएकोजनाएको छ।  उनी भारतबाट आएर गाउँपालिकाले बनाएको आइसोलेशनमा बसेका थिए ।

स्वास्थ्य समस्या भएपछि शनिबार  उनलाई जिल्ला अस्पताल मंगलसेन लागिएको थियो। उनको शनिबार बेलुका नौ बजे मृत्यु भएको जिल्ला अस्पताल अछामले जानकारी दिएको छ।

योसंगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमित मृतकको संख्या २० पुगेको छ।