सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा थप ६८ जनामा कोरोना पुष्टि, धनगढीमा मात्रै ३७ जना संक्रमित थपिए

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा थप ६८ जनामा कोरोना पुष्टि, धनगढीमा मात्रै ३७ जना संक्रमित थपिए
Spread the love

धनगढी, असोज १० (ई–रैवार)

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा थप ६८ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा २ सय ९८ जनाको नमुना परिक्षण गर्दा शनिबार थप ६८ जनामा संक्रमण पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले दिएको जानकारी अनुसार कैलालीका ५४ जना, कंचनपुरका १३ जना र अछामका १ जनामा क्रमण पुष्टि भएको छ ।

धनगढीमा मात्रै ३७ जना संक्रमित थपिए

धनगढी उपमहानगरपालिकामा आज ३७ जना कोरोना संक्रमित थपिएका छन । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा धनगढीका ३७ जनामा संक्रमण पुष्टि भएको हो ।

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले दिएको जानकारी अनुसार धनगढी उप–महानगरपालिका वडा नम्वर १ का ११ जना, वडा नम्बर २ का ६ जना, वडा नम्बर ३ का ४ जना, वडा नम्बर ४ का ३ जना, वडा नम्बर ५ का १ जना, वडा नम्बर ६ का ३ जना, वडा नम्बर ७ का १ जना, वडा नम्बर ८ का ५ जना, धनगढीकै ठेगाना नखुलेका ३ जनामा कोरोना पुष्टि भएको छ ।