काठमाडौं, असोज ७ (ई–रैवार)
कोरोना भाइरसको संक्रमणबाट ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ७ जना संक्रमितको मृत्यु भएको पुष्टि गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा १ महिला र ६ जना पुरुष रहेका छन् । कोरोना संक्रमणबाट झापामा ८६, सिराहामा ५०, ललितपुरमा ७४, बर्दियामा ६४ र ३९ वर्षीय पुरुषको मृत्यु भएको हो । यस्तै काठमाडौंमा ६८ वर्षीय महिलाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
योसँगै हालसम्म देशभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ३६ पुगेको छ । मंगलबार देशभर २ जना कोरोना संक्रमितको मृत्यु भएको थियो भने सोमबार १६ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाउनु परेको थियो ।


