सुदूरपश्चिम प्रदेशमा आज थप २० जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिम प्रदेशमा आज थप २० जनामा कोरोना संक्रमण पुष्टि
Spread the love

धनगढी, असोज ६  (ई–रैवार)

सुदूरपश्चिम प्रदेशमा आज थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सुदूरपश्चिम प्रदेशका सेती प्रादेशिक र बैतडी अस्पतालको प्रयोगशालामा गरीएको परिक्षणमा २० जनामा कोरोना संक्रमण पुष्टि हो।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा २ सय ८७ जनाको कोरोना परीक्षण भएकोमा १७ जनामा संक्रमण पुष्टि भएको हो।

प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले दिएको जानकारी अनुसार धनगढी उप–महानगरपालिकाका ५ जनामा संक्रमण पुष्टि भएको छ। वडा नम्वर ३ का २ जना, वडा नम्वर १, ८ र १७ का एक/एक जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए।

उनका अनुसार कैलालीको गोदावरी नगरपालिका र चुरे गाउँपालिकाका २/२ जनामा पनि संक्रमण पुष्टि भएको छ। सूचना अधिकारी श्रेष्ठले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका र पुनरवास नगरपालिकाका ३/३ जना, अछामको मेल्लेख–६ का १ जना र ठेगाना नखुलेका १ जनामा पनि संक्रमण पुष्टि भएको जानकारी दिए ।

बैतडी अस्पतालको प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा ३ जनाको रिपोर्ट पोजेटिभ आएको छ । पछिल्लो २४ घन्टामा गरीएको ८३ जनाको परीक्षण गर्दा ३ जनामा कोरोना पुष्टि भएका जिल्ला अस्पताल बैतडीका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर डम्बरजंग सिंहले जानकारी दिए ।

संक्रमण पुष्टी हुनेमा बैतडीको दशरथचन्द नगरपालिकाका १ जना, दोगडा केदार गाउँपालीकाका १ जना र दार्चुला टेलीकमका १ जना कोरोना पुष्टी भएको अस्पतालले जनाएको छ ।

डोटीको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ६८ जनाको परिक्षण गरिएका मा सबै जनाको रिपोर्ट नेगेटिभ आएको छ । प्रयोगशालाका मोलेकुलर ल्याव इन्चार्ज शौरभ श्रेष्ठले अछामको पञ्चदेवल विनायक नगरपालिका र मेल्लेख गाउँपालिकाका ठाउँबाट संकलन गरिएका नमुनाहरु परिक्षण गरिएको जानकारी दिए ।

यस्तै डडेल्धुरा अस्पतालको  प्रयोगशालामा गरिएको परिक्षणमा मंगलबार सबै जनाको रिपोर्ट नेगेटिभ आएको छ । पछिल्लो २४ घण्टामा १ सय ५५ जनाको कोरोना परिक्षण गरिएको मा सबैको नतिजा नेगेटिभ आएको हो ।

प्रयोगशालाका मेडिकल ल्याव टेक्नोलोजिष्ट जिनी गणेजुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १ सय ५५ जनाको कोरोना परिक्षण गरिएको मा सबै जनाको रिपोर्ट नेगेटिभ आएको हो ।