कोरोना संक्रमणबाट २ जनाको मृत्यु, मृतक संख्या ४ सय २९ पुग्यो

कोरोना संक्रमणबाट २ जनाको मृत्यु, मृतक संख्या ४ सय २९ पुग्यो
Spread the love

काठमाडौ, असोज ६  (ई–रैवार)

नेपालमा कोरोना भाइरसको संक्रमणबाट २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा २ जना संक्रमितको मृत्यु भएको पुष्टि गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार  मृत्यु हुनेमा १ महिला र १ जना पुरुष रहेका छन् । कोरोना संक्रमणबाट काभ्रेमा ५० वर्षीय महिला र काठमाडौंमा ५० वर्षीय पुरुषको मृत्यु भएको हो ।

योसँगै हालसम्म देशभर कोरोना भाइरसको संक्रमणबाट  नेपालमा मृत्यु हुनेको संख्या ४ सय २९ पुगेको छ ।

सोमबार देशभर १६ जना कोरोना संक्रमितको मृत्यु भएको थियो भने आइतबार १० जनाले कोरोना संक्रमणबाट ज्यान गुमाउनु परेको थियो ।