काठमाडौ, असोज ६ (ई–रैवार)
नेपालमा आज थप १ हाजार ३ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १ सय ५४ जनाको पीसीआर परीक्षण गर्दा १ हाजार ३ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ५ सय ११, भक्तपुरमा ६३ र ललितपुरमा ७३ जना, सुनसरीमा ७७ जना, रुपन्देहीमा ७४ जना, बाँकेमा ५८ जना, मोरङमा ५७ जना, सुर्खेतमा ४४ जना, सिराहामा ३३ जना, काभ्रेमा ३० जना, बर्दियामा २७ जना, तनहुँ र रुकुम पूर्वमा २५/२५ जना संक्रमित भेटिएका छन् ।
त्यस्तै चितवनमा २२ जना, झापामा २० जना, कपिलवस्तु र दाङमा १९/१९ जना, बाग्लुङमा १६ जना, बारा, कास्की र रोल्पामा १५/१५ जना, धनुषा र पर्सामा ११/११ जनामा संक्रमण पुष्टि भएको छ ।
रामेछापमा ९ जना, सप्तरी, मकवानपुर, नवलपरासी, पाल्पा र प्युठानमा ८/८ जना, लमजुङमा ६ जना, संखुवासभा, रौतहट, दोलखा र स्याङ्जामा ४/४ जना, धादिङ र पर्वतमा ३/३ जना, भोजपुर, सिन्धुपाल्चोक, सिन्धुली, गोरखा, अर्घाखाँची र गुल्मीमा २/२ जना, उदयपुर, तेह्रथुम, धनकुटा, सर्लाही, नुवाकोट, दैलेख र कञ्चनपुरमा १/१ जना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस सँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ६६ हजार ६ सय ३२ पुगेको छ । ९ लाख ३४ हजार ९ सय ७७ जनाको पीसीआर परीक्षण गरिएको छ । सक्रिय संक्रमितको संख्या १८ हजार १ सय ४२ रहेको छ ।
मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा ८ सय २३ जना डिस्चार्ज भएका छन् । कोरोना भाइरस संक्रमणमुक्त हुनेको कुल संख्या ४८ हजार ६१ रहेको छ । हालसम्म डिस्चार्ज हुने दर ७२ प्रतिशत रहेको छ ।
देशभरका संस्थागत आइसोलेसन ९ हजार १ सय ९३ जना र होम आइसोलेसनमा ८ हजार ९ सय ४९ जना रहेका छन् । आजसम्म देशभर ७ हजार १ सय ७१ जना क्वारेन्टिनमा रहेका छन् । देशभर ३७ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २ सय २३ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।
शनिबार देशभर १ हजार २ सय ४ कोरोना भाइरस संक्रमित थपिएका थिए । यसअघि शक्रबार हालसम्मकै दैनिक सबैभन्दा बढी दुई हजार २० कोरोना भाइरस संक्रमित थपिएका थिए ।
आइतबार देशभर १ हजार ३ सय २५ जनालाई कोरोना संक्रमण भएको थियो भने देशभर विभिन्न अस्पतालबाट ९ सय ६६ जना डिस्चार्ज भएका थिए । त्यसैगरी आइतबार १० जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।
सोमबार देशभर एक हजार १ सय ५४ कोरोना संक्रमित थपिएका थिए भने एक हजार जनालाई डिस्चार्ज गरिएको थियो । त्यसैगरी सोमबार सबैभन्दा बढी एकदिनमा १६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।


