नेपालमा थप ६०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, ३ जनाको मृत्यु

नेपालमा थप ६०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, ३ जनाको मृत्यु
Spread the love

काठमाडौं, वैशाख १ (ई-रैवार)

नेपालमा आज थप ६०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ४ हजार २८९ पीसीआर परीक्षणबाट ५८० जना र ४५१ एन्टिजेन परीक्षणमा २३ जनामा कोरना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा १७३, ललितपुरमा ६१ र भक्तपुरमा २० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कूल संक्रमितको संख्या २ लाख ८१ हजार ५८७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा १२९ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या २ लाख ७४ हजार ४४७ पुगेको छ । त्यस्तै कोरोना संक्रमित भई ८० जना आईसीयू र २५ जना भेन्टिलेटरमा उपचाररत छन् ।

मन्त्रालयका अनुसार गत सोमबारदेखि बुधबारसम्म १३ हजार ५३ वटा नमुना परीक्षणमा १ हजार ५३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै ४२० जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर ४ हजार ५६ सक्रिय संक्रमित रहेका छन् र तीमध्ये ३ हजार ५९९ जना होम आइसोलेसनमा छन् । काठमाडौंमा १७३, ललितपुरमा ६१ र भक्तपुरमा २० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर ४ हजार ५६ सक्रिय संक्रमित रहेका छन् र तीमध्ये ३ हजार ५९९ जना होम आइसोलेसनमा छन् ।