काठमाडौं, भदौ ३१ (ई-रैवार)
नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ८ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
मंगलबार देशभर ११ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको थियो । सोमबार देशभर कोरोना संक्रमणबाट १५ जनाको मृत्यु भएको थियो भने आइतबार ९ जनाको मृत्यु भएको थियो ।
हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय ७९ पुगेको छ ।


