नेपालमा १ हजार ५ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा १ हजार ५ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि
Spread the love

काठमाडौं, भदौ ३१ (ई-रैवार)

नेपालमा १ हजार ५ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १० हजार ४ सय ९४ जनाको पीसीआर परीक्षण गरिएकोमा १ हजार ५ सय ३९ जनामा कोरोना पुष्टि भएको हो ।

काठमाडौं उपत्यकामा मात्र ७ सय ३७ जना संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौं जिल्लाका ६ सय ५२ छन् भने ललितपुरका ६० र भक्तपुरका २५ जना छन् ।

यस्तै सिराहाका २ सय ७४ जना, सुनसरीका ७०, मकपानपुरका ४९, रुपन्देहीका ४५, सप्तरी र बाँकेका ४४/४४ जना, मोरङका ३५, सल्यानका ३३, कास्कीका ३२, झापा र गोरखाका १९/१९ जना, काभ्रेका १८, सुर्खेत र कैलालीका १४/१४ जना, अर्घाखाँचीका ९ र दाङका ८ जनामा संक्रमण पुष्टि भएको छ ।

पर्साका ७ जना, भोजपुर र नवलपुरका ५/५ जना, बाग्लुङ र नवलपरासीका ४/४ जना, धनुषा, दोलखा, तनहुँ र रोल्पाका ३/३ जना, धनकुटा, लजमुङ, स्याङ्जा, गुल्मी, पाल्पा, बर्दिया र दैलेखका २/२ जना तथा उदयपुर, ओखलढुंगा, खोटाङ, बारा, महोत्तरी, रौतहट, सर्लाही, चितवन, नुवाकोट, रामेछमप, सिन्धुपाल्चोक, सिन्धुली, म्याग्दी, कपिलवस्तु, जाजरकोट, रुकुम पूर्व र अछामका १/१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यो सहित हालसम्म नेपालमा पछिल्लो २४ घण्टामा कोरोना पुष्टि हुनेको संख्या ५८ हजार ३ सय २७ पुगेको छ। हालसम्म नेपालमा ८ लाख ७२ हजार २ सय ७४ जनाको पीसीआर परीक्षण भइसकेको छ।

नेपालमा सक्रिय संक्रमितको संख्या १६ हजार २ सय ४२ छ। जसमध्ये ८ हजार ५ सय ४१ जना संस्थागत आइसोलेसनमा र ७ हजार ७ सय १ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ।

पछिल्लो २४ घण्टामा विभिन्न स्थानका आइसोलेसन तथा अस्पतालबाट १ हजार ६८ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ४१ हजार ७ सय ६ पुगेको छ । हाल ७ हजार ८ सय २० जना विभिन्न स्थानमा रहेका क्वारेन्टिनमा बसिरहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट ८ जनाको मृत्यु भएको छ। हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ७९ पुगेको छ।

आइतबार देशभर एक हजार ३९ कोरोना भाइरस संक्रमित थपिएका छन् । त्यसैगरी यही अवधिमा देशभरका विभिन्‍न अस्पताल र आइसोलेसन सेन्टरबाट एक हजार १ सय ७३ जना डिस्चार्ज भएका छन् । सोही अवधिमा देशभर कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ ।

सोमबार देशभर एक हजार १ सय ७० कोरोना भाइरस संक्रमित थपिएका थिए । सोही अवधिमा देशभरबाट ९ सय ७९ जना डिस्चार्ज भएका थिए भने १५ जना संक्रमितको मृत्यु भएको थियो ।