काठमाडौंमा भूकम्पको धक्का महसुस

काठमाडौंमा भूकम्पको धक्का महसुस
Spread the love

काठमाडौं,  भदौ ३१ (ई-रैवार)

सिन्धुपाल्चोकको राम्चे केन्द्र भएर बुधबार विहान भूकम्प गएको छ । बुघबार बिहान ५ बजेर १८ मिनेटमा काठमाडौंमा धक्का महसुस गरिएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार विहान ५ : १८ मा गएको भूकम्प ६ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको घक्कासँगै मानिसहरु घर बाहिर निस्किएका थिए । लामो समयपछि काठमाडौं उपत्यकामा ठूलो भूकम्पको धक्का महसुस गरिएको हो ।

भूकम्प मापन केन्द्रले सिन्धुपाल्चोकको राम्चेमा केन्द्रबिन्द्र बनाएर ६ रेक्टर स्केलको भूकम्प मापन गरेको जनाएको छ । काठमाडौं, पोखरा, चितवन लगायत देशका विभिन्न भागमा धक्का महसुश भएको छ ।