काठमाडौं,भदौ २७ (ई-रैवार)
नेपालमा थप १ हजार २ सय १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार १ सय ७६ नमुना परीक्षण गर्दा ४ सय १६ महिला र ७ सय ८५ पुरुषगरी १ हजार २ सय १ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङका क्रममा शुक्रबार प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौं उपत्यकाका ४ सय ३१ जनामा संक्रमण पुष्टि भएको छ, जसमध्ये काठमाडौंका ३ सय ७७, ललितपुरका ३७ र भक्तपुरकमा १७ जना छन् ।
यस्तै मकवानपुरका १ सय ७ जना, चितवनका ९२, सर्लाहीका ८३, रुपन्देहीका ८१, मोरङका ५८, नवलपुरका ५१, कास्कीका ३५, बाँकेका ३२, दाङका २४, कपिलवस्तुका २२, बर्दिया र सुर्खेतका १८/१८ जना, बाराका १५, सुनसरीका १४, पर्सा र सप्तरीका १०/१० जना र पाल्पाका ९ जनामा संक्रमण देखिएको छ ।
महोत्तरी र रोल्पाका ८/८ जना, सिराहा, रामेछाप र स्याङ्जाका ७/७ जना, गोरखाका ६ जना, रौतहट, दैलेख र कैलालीका ४/४ जना, बाग्लुङ, अर्घाखाँची र नवलपरासीका ३/३, काभ्रे, रुकुम पूर्व र डडेलधुराका २/२ तथा इलाम, उदयपुर, ओखलढुंगा, झापा, धनुषा, दोलखा, नुवाकोट, सिन्धुपाल्चोक, सिन्धुली, तनहुँ, लमजुङ र प्युठानका १/१ जनामा पनि संक्रमण पुष्टि भएको छ ।
यस सँगै कुल संक्रमितको संख्या ५३ हजार १ सय २० पुगेको छ । उनीहरुमध्ये ३ सय ३६ जनाको मृत्यु भएको छ भने ३७ हजार ५ सय २४ जना संक्रमणमुक्त भएका छन् ।
देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १५ हजार २ सय ६० रहेको छ । पछिल्लो २४ घण्टामा ८ सय ५२ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १० हजार १ सय ७६ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ८ लाख ३१ हजार ३ सय ६२ जनाको पीसीआर परीक्षण गरिएको छ ।
मन्त्रालयका अनुसार देशभरका संस्थागत आइसोलेसन ९ हजार १ सय ७ जना र होम आइसोलेसनमा ६ हजार १ सय ५३ जना रहेका छन् । आजसम्म देशभर ६ हजार ३ सय ५४ जना क्वारेन्टिनमा रहेका छन् ।
देशभर २४ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर १ सय ६० जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।


