डोटी अस्पतालको प्रयोगशालामा थप ६ जनामा कोरोना पुष्टि

डोटी अस्पतालको प्रयोगशालामा थप ६ जनामा कोरोना पुष्टि
Spread the love

डोटी, भदौ २७ (ई-रैवार)

डोटी जिल्ला अस्पतालको प्रयोगशालामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। अस्पतालका प्रयोगशाला बि.एम.एल.टी. अनुराधा निरौला कार्किका अनुसार १ सय २४ जनाको कोरोना परीक्षणमा ६  जनामा संक्रमण पुष्टि भएको हो ।

अस्पतालका प्रयोगशाला बि.एम.एल.टी. कार्किले पछिल्लो २४ घण्टामा १ सय २४ जनाको कोरोना परीक्षण भएकोमा डोटीका ५ र अछामका १ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका छन ।

प्रयोगशाला बि.एम.एल.टी. कार्किका अनुसार  प्रयोगशालामा भएको परीक्षणमा डोटीको सायल गाउँपालिकाका ३ जना, केआईसिंह गाउँपालिकाका २ जना र अछाम जिल्लाको रामारोशन गाउँपालिकाका १ जनामा संक्रमण पुष्टि भएको हो ।