राष्ट्रिय मानबअधिकार आयोगद्धारा प्रहरीको थुनुवा कक्षको अनुगमन

राष्ट्रिय मानबअधिकार आयोगद्धारा प्रहरीको थुनुवा कक्षको अनुगमन
Spread the love

धनगढी,  भदौ २७ (ई-रैवार)

राष्ट्रिय मानबअधिकार आयोगले जिल्ला प्रहरी कार्यालय कैलालीको थुनुवा कक्षको अनुगमन गरेको छ । चोरी आरोपमा भदौ २२ गते पक्राउ परेका १९ वर्षीय रोशन बिक हिजो बिहान प्रहरी थुनुवा कक्षको शौचालय भित्रै झुन्डिएको अवस्थामा शव फेला परेपछि राष्ट्रिय मानबअधिकार आयोग सुदूरपश्चिम प्रादेशिक कार्यालयले अनुगमन गरेको हो ।

राष्ट्रिय मानब अधिकार आयोग सुदूरपश्चिम प्रादेशिक कार्यालयका निर्देशक झंकर रावलले प्रहरी थुनुवा कक्षको अनुगमन गरी त्यहाँको बस्तुस्थिति र घट्नाका बारेमा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक अनुपन शमसेर जबरासंग जानकारी लिएको बताएका छन् । उनले घटनालाई गम्भिरताका साथ लिई अनुसन्धानका लागि प्रहरीलाई ध्यानाकर्षण गराइएको बताए ।

राष्ट्रिय मानब अधिकार आयोग सुदूरपश्चिम प्रादेशिक कार्यालयको टोलीसंगै संचारकर्मिहरुले समेत घटनालाई गम्भिरताका साथ लिई संचार गृहमा आक्रमण गर्नेलाई यथाशिघ्र पक्राउ गर्न प्रहरीले सकृयता देखाउनु पर्ने अको¥याबका सुदूरपश्चिम संयोजक दीर्घराज उपाध्यायले बताए ।

भदौ २२ गते पक्राउ परेका १९ वर्षीय बिक हिजो बिहान प्रहरी थुनुवा कक्षको शौचालय भित्रै झुन्डिएको अवस्थामा फेला परेका थिए ।  बिकले आत्महत्या गरेको प्रहरीले बताएपनि मृतकका आफन्तले भने कुटपिट हत्या भएको आरोप लगाएका छन् ।