सिंहदरबारभित्रै प्रदर्शनमा उत्रिए कर्मचारीहरु

सिंहदरबारभित्रै प्रदर्शनमा उत्रिए कर्मचारीहरु
Spread the love

काठमाडौं,  वैशाख २ (ई-रैवार)

कर्मचारीहरु सिंहदरबारभित्रै प्रदर्शनमा उत्रिएका छन् । निजामति सेवा ऐनमा बहालवाला कर्मचारीलाई विभेद गर्ने खालका प्रावधान राखिएको भन्दै कर्मचारीहरु सिंहदरबारभित्रै प्रदर्शनमा उत्रिएका हुन ।

हातहातमा प्ले कार्ड बोकेर कर्मचारीहरु सिंहदरबारभित्रै शान्तिपूर्ण प्रदर्शनमा छन् ।

आन्दोलनमा रहेका कर्मचारी प्रकाश भट्टराईका अनुसार निजामति सेवा ऐनमा बहालवाला कर्मचारीको वृत्ति विकासमा अवरोध हुने गरी व्यवस्था राखिएको हुँदा त्यसको खारेजीको माग गदैै सेवा अवरुद्ध नहुनेगरी आन्दोलन थालिएको हो ।

निजामति सेवा ऐनमा कर्मचारीलाई विभेद गर्ने खालका प्रावधान नहटाए सम्म प्रदर्शन जारी रहने कर्मचारीहरु बताएका छन ।