अभावमा रहेका विद्यार्थीलाई खाद्यान्न सहयोग

अभावमा रहेका विद्यार्थीलाई खाद्यान्न सहयोग
Spread the love

धनगढी चैत्र २८(ई-रैवार)
टेकबहादुर चोखाल फाउण्डेशन र कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको समुहले धनगढीमा डेरामा बसेका विद्यार्थीहरुलाई खाद्यान्न सहयोग गरेको छ । लकडाउनका बेला खाद्यान्न अभाव झेलिरहेका धनगढीमा डेरा गरेर बसेका २१ जना विद्यार्थीहरुलाई शुक्रबार खाद्यान्न उपलब्ध गराएको हो ।
‘लकडाउनमा विद्यार्थीहरु अभावमा छन् । कैयौ भोकभोकै रहनुपर्ने अवस्था पनि हुनसक्छ,’ फाउण्डेशनका अध्यक्ष एबं कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थी विनय चोखालले भने,‘त्यसैले फाउण्डेशन र मसंगै पढ्ने साथीहरु मिलेर विद्यार्थी साथिहरुलाई सकेजती खाद्यान्न उपलब्ध गराईरहेका छौ ।’
विद्यार्थीहरुलाई खाद्यान्न सहयोग गर्न फाउण्डेशनमा आवद्ध विद्यार्थीहरुबाहेक कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत रोशन उपाध्याय, शेर अयडी र देवेन्द्र जोशीले पनि सहयोग गरेको अध्यक्ष चोखालले बताए ।
अभावमा रहेका विद्यार्थीहरुलाई जनही पाँच किलो चामल, दुई किलो दाल र आधा लिटर तेल दिईरहेको उनले बताए । ‘फाउण्डेशनबाट भएपनि सब हामीले व्यक्तीगत व्यवस्थापन गरिरहेका छौ । धेरै ठुलो त होईन्,’ उनले भने,‘तर अभावको सामना गरिरहेका विपन्न विद्यार्थी साथिहरुलाई केही राहत होस भनेर यत्ति भएपनि गरेका हौ ।’ अत्याधिक समस्या झेलिरहेका अरु विद्यार्थीलाई पनि सहयोग गर्ने तयारी रहेको उनले बताए ।