नेपालमा पछिल्लो २४ घण्टामा १६७ कोरोना संक्रमित थपिए, २२६ जना संक्रमणमुक्त

Spread the love

काठमाडौं : नेपालमा आज थप १६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४,२८३ पीसीआर परीक्षणमा १५७ जना र २,१६४ एन्टिजेन परीक्षणमा १० जना गरी १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको छ । हालसम्म देशभर ११ हजार ५८३ जनाले ज्यान गुमाइसकेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २२६ रहेको छ । नेपाल हालसम्म कूल सङ्क्रमितमध्ये ८ लाख १० हजार ४९७ जना सङ्क्रमणमुक्त भइसकेका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४,९७८ रहेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ लाख ५५ हजार ४५८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हालसम्म २ करोड ३० लाख ९५ हजार ६४७ मात्रा कोरोनाविरुद्धको खोप लगाइसकिएको छ । यसमध्ये ९९ लाख ८५ हजार ५६८ जनाले पूर्ण मात्रा र १ करोड ३१ लाख १० हजार ७९ जनाले कम्तीमा एक मात्रा खोप लगाएको मन्त्रालयको भनाइ छ ।