डोटी पुस २७(ई-रैवार)
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समुहको डोटी जिल्ला अध्यक्षको जिम्मेवारी राम ऐरलाई दिईएको छ । सो समुहको मंगलबार बसेको जिल्लाको विस्तारित बैठकले ऐरलाई सो जिम्मेवारी दिएको छ । उनी जिल्ला समन्वय समिति डोटीका संयोजक समेत छन् ।
यस्तै विस्तारित बैठकले सचिवमा लक्ष्मण मलासीलाई जिम्मेवारी प्रदान गरेको छ । उनीहरुबाहेक जिल्ला कमिटि पनि विस्तार गरेको सो समुहले जनाएको छ ।
प्रधानमन्त्री केपी शर्माओलीले प्रतिनिधिी सभा विगठन गरेपछि विखण्डित देखिएको नेकपाको विखण्डित रुप जिल्ला तहसम्म देखिने क्रममा नेकपा डोटीका अध्यक्ष चक्र मल्ल र सचिव जंगबहादुर बिक प्रचण्ड–माधव समुहमा खुलेका छन् । उनीहरु उता खुलेपछि ओली समुह नेतृत्वविहिन देखिएपछि विस्तारित बैठकले नयाँ नेतत्व ल्याएको हो ।
अध्यक्ष चुनिएका ऐर तत्कालिन नेकपा(एमाले)को जिल्ला कमिटिका सचिव समेत थिए ।
ओली समुहको डोटी जिल्ला अध्यक्षमा राम ऐर


