जीवन बोहरा
बुडर असोज २०(ई-रैवार): चाडपर्वको समयमा यात्रुको सुविधालाई ध्यानमा राखेर बुडरमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याईएको छ । अस्थाई ट्राफिक प्रहरी पोस्ट बुडरले यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको हो ।
दशै, तिहार र छठ जस्ता पर्वहरुमा यात्रुको चाप अत्याधिक बढ्ने र त्यस्तो अवस्थालाई व्यवस्थित गर्न र यात्रुलाई ठगिनबाट बचाउन यात्रु सहायता कक्ष सञ्चालनमा ल्याईएको अस्थाई ट्राफिक प्रहरी पोष्टका ईन्चार्ज राजेन्द्र बिष्टले बताए ।
सहायता कक्षमा कुनै प्रकारको गुनासो आए तत्काल सुनुवाई गर्ने ब्यबस्था रहेको उनले जनाए । ‘सवारी साधनमा हुन सक्ने यात्रुका समस्याहरू, चर्को भाडादर अशुली, सामान चोरी, सामान छुट्ने, अनावश्यक चिजवस्तुहरुमा केही खुवाएर लठ्ठ बनाएर समान लुट्ने लगायतका समस्याहरु सम्बोधन गर्छौ,’ उनले भने,‘यस्तै सवारी दुर्घटना कम गर्ने तथा सवारी दुर्घटनाले पुग्न गएको मानबिय सवारी सम्पतिको क्षतिमा रोकथाममा पनि ध्यान दिन्छौ ।’
सहायता कक्षमा विद्यमान कोरोना महामारीलाई ध्यानमा राखी उक्त महामारीबाट बच्न सचेतना फैलाउने पनि उद्देश्य रहेको उनले बताए ।
ट्राफिक प्रहरीद्वारा बुडरमा यात्रु सहायता कक्ष सञ्चालन
