काठमाडौं, भदौ ५ (ई-रैवार) सरकारले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि १३ अर्बभन्दा बढी रुपैयाँ खर्च गरेको छ । बिहीबारको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्तासमेत रहेका अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले सरकारले कोरोना भाइरसको नियन्त्रणका लागि गरेको खर्चको विवरण सार्वजनिक गरेका हुन् । उनका अनुसार कोरोना नियन्त्रणमा चैतदेखि […]
समाज
नेपालमा हालसम्म कोरोना परीक्षणमा ३ अर्ब ९४ लाखभन्दा बढी खर्च
काठमाडौं, भदौ ५ (ई-रैवार) नेपालमा कोरोना संक्रमणको परीक्षणमा ३ अर्ब ९४ लाखभन्दा बढी रुपैयाँ खर्च गरेको छ । मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले नेपाल सरकारले हालसम्म सरकारले आजसम्म ३ अर्ब १८ करोड ९४ लाख ४४ हजार ५ सय २० रुपैयाँ खर्च गरिसकेको बताएका हुन । प्रवक्ता गौतमका अनुसार पीसीआर परीक्षणका लागि सरकारले […]
एटिएम मेसिनमा पर्याप्त नगद राख्न बैंकहरुलाई निर्देशन
काठमाडौं, भदौ ४ (ई-रैवार) नेपाल राष्ट्र बैंकले एटिएम मेसिनमा पर्याप्त नगद राख्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । कोभिड–१९ रोकथामका लागि काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न क्षेत्रमा लकडाउन – निषेधाज्ञा जारी भएपछि राष्ट्र बैंकले विद्युतीय माध्यमबाट हुने कारोबारलाई सुनिश्चितता प्रदान गर्न र एटिएम मेसिनमा पर्याप्त नगद र निगरानी राख्न भनेको हो । यसैगरी, […]
जग्गापास–नामसारी अब स्थानीय तहबाटै, रोक्का–फुकुवा इमेलबाट !
रोयल आचार्य काठमाडौं, भदौ १ (ई-रैवार) जग्गा किनबेच सम्बन्धी काम गर्ने अधिकार स्थानीय तहलाई दिने प्रकृया शुरु भएको छ । जग्गा नामसारी, लिखत पारित, लालपुर्जा वितरण लगायतका काम स्थानीय तहबाटै हुने व्यवस्था गर्न भूमि व्यवस्थापन तथा अभिलेख विभागले काम शुरु गरेको छ । यतिमात्रै होइन जग्गा रोक्का र फुकुवाको काम इमेलबाट समेत हुने छ […]
लोडसेडिङ हटायौं : आत्मनिर्भर भएनौं
कृष्णहरि बास्कोटा ब्राजिलपछि जलस्रोतमा दोस्रो ठूला संभावना भएको मुलुक भनिन्छ नेपाल । साबिकमा करिब ८३ हजार मेगावाट जलविद्युत् उत्पादनको क्षमता रहेको भनिए पनि आधुनिक प्रविधिले यसलाई असीमित क्षमतामा रुपान्तरित गरिदिएको छ । नेपालका नदीहरुको सरदर वार्षिक बहाव २२५ अर्ब घनमिटर रहेको अनुमान छ । यसबाट नेपालमा जलविद्युत् उत्पादन गरी मुलुकलाई आर्थिक समृद्धितर्फ उन्मुख गराउने आत्मनिर्भर […]
राति १२ बजेबाट पेट्रोलियम पदार्थको मूल्य बढ्यो
काठमाडौं, साउन ३२ (ई-रैवार) नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आइतबार राति १२ बजेबाट लागू हुने गरी डिजेल, पेट्रोल र मटीतेलमा प्रतिलिटर एक रुपैयाँ मूल्य वृद्धि गरिएको हो । निगमका प्रवक्ता विनितमणि उपाध्यायले अगस्ट १६ मा भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्यसूचीमा भाउ बढेर मूल्य प्राप्त भएपछि इन्धनको मूल्य बढाउन निगम […]
२७ वाणिज्य बैंकको गत आर्थिक वर्षमा ५४ अर्ब ३२ करोड मुनाफा
विजय पराजुली काठमाडौं, साउन ३२ (ई-रैवार) कोभिड १९ को प्रभाव बैंकको वित्तीय विवरणमा देखिएको छ । गत आर्थिक वर्ष (०७६र७७) मा वाणिज्य बैंकहरूको खुद मुनाफामा करिब १२ प्रतिशतले संकुचन आएको छ । गत आर्थिक वर्षमा सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकले ५४ अर्ब ३१ करोड ६० लाख ८९ हजार खुद मुनाफा आर्जन गरेका छन् […]
राष्ट्रिय बाणिज्य बैंक डोटीद्वारा स्वास्थ्य सामाग्री सहयोग
गणेश मौनी सिलगढी साउन २६ (ई-रैवार) राष्ट्रिय बाणिज्य बैंक डोटी शाखाले स्वास्थ्य कार्यालय डोटीलाई स्वास्थ्य सामाग्रि सहयोग गरेको छ । बैंकले स्वास्थ्य कार्यालय डोटीलाई सर्जिकल माक्स १२ सय थान, सेनिटाईजर १५ बोतल, एन ९५ माक्स ४० थान सहयोग गरेको हो । जिल्लामा तिब्रतर रुपमा बढीरहेको कोरोना संक्रमणको अवस्थामा सर्तकता अपनाउन सहयोग पुगोस भन्ने उद्देश्यले स्वास्थ्य […]
जसले घरेलु कपडा उद्योगका तानमा जीवनको लय खोजे
-लोकराज भट्ट डोटी – जसले गाउँमै उद्योगको सपना देखे । सपनालाई साकार पार्न सम्पुर्ण समाज एक बाटो हिडिरहँदा आफू अर्को बाटो हिँडे । तीस एकतीस बर्ष अगाडीको समय आजको जस्तो सहज थिएन । बाटोघाटो र यातायातका साधन थिएनन् । गाउँमा उद्योग गर्छु भन्नु पनि पत्यारीलो कुरा थिएन । काम गरीहाल्नु त झन अरुको खिल्ली र […]
एक तोला सुनको १ लाख १ हजार ४ सयमा कारोबार
काठमाडौं, श्रावण २२ (ई-रैवार) सुनको मुल्य तोलाको एक लाख रुपैयाँ नाघेको छ । आज तोलामा १६ सय रुपैयाँ बढेर सुनको मुल्य तोलाको १ लाख १ हजार ४ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो । अन्तर्राष्ट्रिय बजारमा सुनमा लगानीकर्ता बढेका, सुनको उत्पादनमा कमी आएको, ठूला देशबीच द्वन्द्व बढेको तथा कोरोना सङ्क्रमणका […]


