६८१ कलेजलाई कार्यक्रम थप्ने त्रिविको तयारी, तर मापदण्डमाथि प्रश्न

६८१ कलेजलाई कार्यक्रम थप्ने त्रिविको तयारी, तर मापदण्डमाथि प्रश्न
Spread the love

काठमाडौं मंसिर । आवश्यक पूर्वाधार र पर्याप्त जनशक्ति नै नभएका ६८१ कलेजमा कार्यक्रम तथा कोटा विस्तार गर्ने प्रक्रिया त्रिभुवन विश्वविद्यालयले अघि बढाएसँगै तीव्र असन्तुष्टि चुलिएको छ । ती क्याम्पसमा नयाँ शैक्षिक कार्यक्रम, विषय, सेक्सन तथा विद्यार्थी कोटा थप्ने प्रक्रिया अघि बढाएपछि विवाद चर्किएको हो ।

काठमाडौँ उपत्यकास्थित आंगिक क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० अध्यक्षहरूले उपकुलपति प्रा।डा। भोला थापालाई भेटेरै मापदण्ड र सम्बन्धनसम्बन्धी विनियम उल्लंघन गरी तयार पारिएको सूची तत्काल खारेज गर्न ध्यानाकर्षण गराएका छन् । त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुरका स्ववियु अध्यक्ष दीपकराज जोशीले शैक्षिक तथा भौतिक पूर्वाधार नभएर सम्बन्धन खारेज गर्नुपर्ने अवस्थामा पुगेका क्याम्पसलाई समेत नयाँ विषय, कार्यक्रम, सेक्सन र कोटा थप गर्ने सूचीमा समेटिएको आरोप लगाए ।उनले भने, ‘एउटै परिसर र भवनमा दुई फरक विश्वविद्यालयका शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका संस्थालाई पनि कार्यक्रम थपका लागि योग्य ठहर गरिएको छ । विश्वविद्यालयले तोकेको न्यूनतम योग्यता तथा मापदण्ड पूरा नगरेका क्याम्पसलाई सूचीमा राख्नु सरासर नियमविपरीत हो ।’जोशीले त्रिभुवन विश्वविद्यालयले मातहतका क्याम्पसहरूको अनुगमन र नियमनमा विशेष ध्यान दिनुपर्ने बताए । विश्वविद्यालय योजना निर्देशनालय र सम्बन्धित डिन कार्यालयले गुणस्तर तथा सुशासन कायम राख्न जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो । कार्यक्रम सम्बन्धन प्राप्तिको मूल्यांकन प्रक्रियामा चलखेल भएको गुनासो आइरहेकाले त्यसको तत्काल छानबिन गरी दोषीलाई कारबाही गर्नसमेत उनले माग गरे ।क्याम्पसको वार्षिक नवीकरण गर्दा त्रिभुवन विश्वविद्यालय सम्बन्धनसम्बन्धी विनियम, २०७३ का सर्त पूरा नगर्ने क्याम्पसको सम्बन्धन खारेज गर्नेसम्मको अधिकार त्रिविलाई छ ।विद्यार्थी प्रतिनिधिहरूले मापदण्डविपरीत योग्य ठहर गरिएका क्याम्पसको निर्णय पुनरावलोकन गर्न, हालको प्रक्रिया तत्काल रद्द गर्न र निष्पक्ष अनुगमन प्रणाली लागू गर्न माग गरेका छन् । माग सम्बोधन नभए चरणबद्ध आन्दोलनमा उत्रने उनीहरूले चेतावनी दिएका छन् ।पाटन संयुक्त क्याम्पसका स्ववियु सभापति रोहित कपालीले आंगिक क्याम्पसहरूमा विद्यार्थी संख्या घटेर सिट खाली भइरहेका बेला निजी कलेजहरूलाई कार्यक्रम थप गर्न दिनु आंगिक क्याम्पस सुकाउने षड्यन्त्र भएको बताए ।उनले भने, ‘अहिले पाटन संयुक्त क्याम्पसकै बीबीएमा दुईवटा र पद्मकन्या क्याम्पसमा आठवटा सिट खाली छन्, तर निजी कलेजहरूलाई धमाधम सम्बन्धन र कार्यक्रम थपिएको छ ।’अनुगमनका क्रममा नवीकरण हुन नहुने र सम्बन्धन खारेज गरिनुपर्ने क्याम्पसहरूसमेत योग्य ठहरिएको भन्दै उनले यसमा ठूलो रकमको चलखेल भएको हुन सक्ने आशंका व्यक्त गरे । त्रिवि सम्बन्धनसम्बन्धी विनियम, २०७३ विपरीत एउटै कलेजले दुईवटा विश्वविद्यालयका कार्यक्रम सञ्चालन गरेको भन्दै उनले पदाधिकारीहरूलाई विनियम अध्ययन गर्न आग्रह गरे ।

उनले भने, ‘के त्रिविलाई साँच्चिकै काठमाडौं विश्वविद्यालय बनाउन खोजिएको हो रु आंगिक क्याम्पस सुकाएर निजीलाई प्रश्रय दिन कुन अध्ययनले सुझायो रु’

कपालीले सबै प्रक्रिया रद्द गरी डिन कार्यालयमार्फत निष्पक्ष सर्वेक्षण गरेर नयाँ प्रक्रिया सुरु गर्नुपर्ने बताए ।

विश्वविद्यालय प्रशासनको यो कदमप्रति प्राध्यापकहरूले समेत आलोचना गर्दै त्रिविको दीर्घकालीन भविष्य र शैक्षिक गुणस्तर संकटमा पर्न लागेको चेतावनी दिएका छन् । त्रिभुवन विश्वविद्यालयका प्रा।डा। निरञ्जन पराजुलीले निजी कलेजहरूको बढ्दो प्रभाव र स्वार्थ हाबी हुँदा सात सयको हाराहारीमा कार्यक्रम तथा सम्बन्धन विस्तारको तयारी हुनु दुर्भाग्यपूर्ण रहेको बताए ।

उनले भने, ‘उपकुलपति डा। भोला थापा र उहाँको नेतृत्वको टोली त्रिविको वास्तविक सुधार, सुदृढीकरण र शैक्षिक गरिमा कायम गर्ने दिशामा अघि बढेको देखिँदैन, बरु विश्वविद्यालयलाई कमजोर बनाएर निजी कलेजका स्वार्थमा काम गरिरहेको छ ।’

यस्तो निर्णयले नेपालको उच्च शिक्षालाई थप अस्तव्यस्त बनाउने उनको भनाइ थियो । अब प्राज्ञिक समुदायले यो निर्णयको प्रतिकार गर्छ कि मौन बसेर त्रिविलाई लुटेर निजी कलेज धनी बनाउने कामको समर्थन गर्छ भन्दै उनले प्रश्न गरे ।सम्बन्धित डिन कार्यालयहरूको सिफारिसमा योजना निर्देशनालयले कार्यकारी परिषद् हुँदै अघि बढाएको सूचीअनुसार व्यवस्थापन संकाय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान, मानविकी तथा सामाजिक शास्त्र संकाय र शिक्षाशास्त्र संकायअन्तर्गतका क्याम्पस कार्यक्रम विस्तारको प्रक्रियामा समेटिएका छन् ।

त्रिभुवन विश्वविद्यालय प्रशासनले भने प्रारम्भिक सूची मात्रै सार्वजनिक भएको र दाबी–विरोधको बाटो खुला रहेको स्पष्टीकरण दिएको छ । विवाद चर्किएपछि त्रिवि योजना निर्देशनालयले सूचीकृत सम्बन्धनप्राप्त क्याम्पसहरूलाई एउटै परिसरमा अन्य विश्वविद्यालयका कार्यक्रम सञ्चालन नगरेको आधिकारिक स्वघोषणापत्र मंसिर १५ गतेभित्र पेस गर्न निर्देशन दिएको छ ।

विश्वविद्यालय कार्यकारी परिषद्को २०८३ कात्तिक २१ गतेको निर्णयअनुसार कार्यक्रम, विषय, सेक्सन तथा कोटा थपका लागि न्यूनतम मापदण्ड पूरा गरी सूचीकृत भएका कलेजहरूले आफ्नो व्यवस्थापनअन्तर्गत एउटै परिसरमा त्रिविबाहेक अन्य कुनै स्वदेशी वा विदेशी विश्वविद्यालय, परीक्षा बोर्ड वा परिषद्बाट सम्बन्धन लिई शैक्षिक कार्यक्रम सञ्चालन नगरेको व्यहोरा प्रमाणित गर्नुपर्नेछ ।

त्रिवि सम्बन्धनसम्बन्धी विनियम, २०७३ ९संशोधनसहित० को परिच्छेद–१३ को व्यवस्था स्मरण गराउँदै निर्देशनालयले सम्बन्धित संस्थाको आधिकारिक लेटरहेडमा क्याम्पस प्रमुखको हस्ताक्षर र छापसहितको स्वघोषणापत्रको स्क्यान प्रति इमेलमार्फत पठाउन भनेको छ । स्वघोषणापत्रमा उल्लेखित विवरण झुटो ठहरिएमा वा नियमविपरीत कार्यक्रम सञ्चालन गरेको पाइएमा विश्वविद्यालयको नियमानुसार हुने जुनसुकै कारबाही भोग्न मञ्जुर रहेको प्रतिबद्धतासमेत अनिवार्य रूपमा खुलाउन निर्देशनालयले स्पष्ट पारेको छ ।

चौतर्फी विरोध र आर्थिक चलखेलको आरोप लागेपछि त्रिभुवन विश्वविद्यालय प्रशासनले यो अन्तिम निर्णय नभई प्रारम्भिक सूची मात्रै भएको स्पष्ट पारेको छ । त्रिविका प्रवक्ता नविन्द्र भण्डारीले आन्तरिक अनुगमनका आधारमा योग्य देखिएका कलेजहरूको प्रारम्भिक सूची सार्वजनिक गरिएको बताउँदै चित्त नबुझे उजुरी र दाबी–विरोध गर्न सकिने बताए ।

उनले भने, ‘कार्यक्रम विस्तारका लागि क्याम्पसहरूको प्रारम्भिक सूची मात्रै सार्वजनिक भएको हो, सूचीलाई अन्तिम रूप दिन बाँकी नै छ । कुनै गुनासा भए उजुरी गर्न सकिन्छ, दाबी–विरोध भए सुनुवाइ हुन्छ र उजुरी परेकाहरूमाथि छानबिन गरिन्छ ।’

मूल्यांकनमा गल्ती देखिएको वा नियमविपरीत कार्य भएको प्रमाणित भएमा त्यस्ता कलेजले कुनै पनि हालतमा सम्बन्धन तथा कार्यक्रम थपको अनुमति नपाउने र दोषीमाथि कारबाही हुने उनले बताए ।

सम्बन्धन लिने प्रक्रिया के हो रु

सम्बन्धनका लागि व्यवस्थापन निर्देशनालयले सूचना प्रकाशित गरेपछि संस्थाले शुल्क, कागजात र प्रस्तावसहित आवेदन दिनुपर्छ । प्राविधिक विषयको हकमा भने पहिले विश्वविद्यालयबाट प्राविधिक प्रस्ताव स्वीकृत गराई शिक्षा मन्त्रालयबाट मनसायपत्र लिनुपर्छ । त्यसपछि डिन कार्यालयमार्फत विज्ञ टोलीले सम्भाव्यता अध्ययन तथा अनुगमन गर्छ । विद्यापरिषद् र सम्बन्धन समितिको सिफारिसमा कार्यकारी परिषद् ९विषय, तह वा कोटा थपको हकमा प्राज्ञिक परिषद्० ले स्वीकृति प्रदान गर्छ । त्यसपछि नियमित अनुगमन, नवीकरण तथा स्थायी सम्बन्धनको प्रक्रिया अघि बढ्छ ।त्रिभुवन विश्वविद्यालय सम्बन्धनसम्बन्धी विनियम, २०७३ ९तथा त्यसपछिका संशोधनहरू० अनुसार कुनै कलेज वा संस्थाले सम्बन्धन प्राप्त गर्न सर्वप्रथम विश्वविद्यालयको सम्बन्धन व्यवस्थापन निर्देशनालयले प्रकाशित गरेको सूचनाबमोजिम तोकिएको समयभित्र रीतपूर्वकको प्रस्ताव, शुल्क र आवश्यक कागजातसहित आवेदन दिनुपर्छ । प्राविधिक कार्यक्रम सञ्चालन गर्न चाहने संस्थाले विश्वविद्यालयबाट प्राविधिक प्रस्ताव स्वीकृत गराई नेपाल सरकार, शिक्षा मन्त्रालयबाट मनसायपत्र लिएपछि मात्र नियमानुसार प्रस्ताव पेस गर्नुपर्छ ।त्यसपछि सम्बन्धित डिन कार्यालयमार्फत विज्ञ टोली गठन गरी सम्भाव्यता अध्ययन तथा अनुगमन गराइन्छ । विद्यापरिषद् र सम्बन्धन समितिको सिफारिसका आधारमा कार्यकारी परिषद् ९विषय, तह वा विद्यार्थी संकाय थपको हकमा प्राज्ञिक परिषद्० ले विद्यार्थी भर्ना संख्या तोकी सम्बन्धन वा कार्यक्रम थपको स्वीकृति प्रदान गर्छ ।

सम्बन्धन प्राप्त गरिसकेपछि कलेजले अध्यक्षसहित कम्तीमा पाँच सदस्यीय सञ्चालक समिति गठनका लागि विधान स्वीकृत गराउनुपर्ने हुन्छ । विश्वविद्यालयको प्रवेश परीक्षाको योग्यताक्रम र स्वीकृत कोटाअनुसार विद्यार्थी भर्ना गर्नुपर्ने तथा प्रत्येक वर्ष उत्कृष्ट छात्र–छात्रालाई जेहेन्दार छात्रवृत्ति र भर्ना हुनेमध्ये कम्तीमा १० प्रतिशतलाई निःशुल्क छात्रवृत्ति ९सामुदायिक विद्यालयबाट उत्तीर्णलाई पहिलो प्राथमिकता० उपलब्ध गराउनुपर्ने दायित्व पनि कलेजको हुन्छ ।

यस्तै, योग्यता पुगेका शिक्षक–कर्मचारी नियुक्त गर्ने, मानव संसाधन तथा भौतिक पूर्वाधार विकास योजना पेस गर्ने, वार्षिक शैक्षिक, आर्थिक, लेखापरीक्षण, शुल्क र शिक्षक विवरण डिन कार्यालय तथा सम्बन्धन निर्देशनालयमा बुझाउने र प्रत्येक दुई वर्षमा सम्बन्धन नवीकरण गराउनुपर्ने व्यवस्था छ । अस्थायी सम्बन्धनको कम्तीमा पाँच वर्ष पूरा भई क्यू।ए।ए। ९गुणस्तर सुनिश्चितता तथा प्रत्यायन० प्रमाणपत्र, सन्तोषजनक नतिजा, आफ्नै जग्गा–भवन र अन्य सर्त पूरा भएपछि स्थायी सम्बन्धनका लागि प्रक्रिया अघि बढाउन सकिन्छ । स्थायी सम्बन्धन बढीमा सात वर्षका लागि प्रदान गर्न सकिने प्रावधान छ ।