समाज

वाणिज्य बैंकहरूको ब्याजदर घट्यो

काठमाडौं फागुन। पछिल्लो समय वाणिज्य बैङ्कहरूको मुद्दती निक्षेपमा प्रतिफल घट्ने क्रम जारी छ । फागुन १ देखि लागु हुने गरी वाणिज्य बैङ्कहरूले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत तथा संस्थागत दुवै निक्षेपको औसत ब्याजदरमा कमी आएको छ । माघमा ४.६८४५ प्रतिशत रहेको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर फागुनमा ०.११५५ प्रतिशत विन्दुले घटेर ४.५६९ प्रतिशतमा झरेको […]

सात महिनामा सरकारले उठायो ६ खर्ब ६४ अर्ब राजस्व

काठमाडौं फागुन । सरकारले चालू आर्थिक वर्ष २०८२/८३ को माघ महिनासम्ममा कुल ६ खर्ब ६४ अर्ब २ करोड ५१ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार माघ २९ गतेसम्म सो बराबर राजस्व सङ्कलन भएको हो । यो सङ्कलन गत वर्षको सोही अवधिको तुलनामा ३।४५ प्रतिशतले बढी हो । गत […]

सेयर किन्न ब्रोकरले ऋण दिन पाउने व्यवस्था आजदेखि लागू हुँदै

काठमाडौं फागुन। अब धितोपत्र ब्रोकरहरूले पनि लगानीकर्तालाई सेयर खरिदका लागि ऋण दिन पाउने भएका छन् । नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले मंगलबार ‘मार्जिन कारोबार सुविधासम्बन्धी निर्देशिका २०८२’ जारी गरेको थियो  । उक्त निर्देशिका आज १ फागुन अर्थात् शुक्रबारदेखि कार्यान्वयनमा ल्याउन निर्देशन जारी गरेको छ । मार्जिन कारोबारलाई व्यवस्थित र सुरक्षित बनाउन सूचीकृत कम्पनीहरूका लागि धितोपत्र […]

बेनी–नयाँदिल्ली बस सेवा सुरु

बागलुङ माघ म्याग्दीको बेनीबाट भारतको नयाँदिल्लीसम्म सिधा बस सेवा सुरु भएको छ। बेनी नगरपालिका–८, कालिपुल बसपार्कबाट हरेक दिन बस सेवा संचालन हुनेछ। मोडर्न इरा टुर्स एन्ड ट्राभल्स र सृष्टि यातायात प्रालिले हरेक दिन विहान पौने ७ बजे बेनी कालिपुलबाट बस छुटाउनेछ। बस पोखरा हुँदै स्याङ्जा, वालिङ, भैरहवा, अयोध्या, आग्रा हुदै नयाँदिल्लीसम्म पुग्नेछ। सिधा बस सेवाले जिल्लाको […]

६ महिनामा ५ लाख ९० हजार बढिले लिए श्रम स्वीकृति

काठमाडौं माघ। पछिल्लो ६ महिनामा ५ लाख ९० हजार बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन् । चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि पुस मसान्तसम्ममा ५ लाख ९० हजार ७ सय १८ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका हुन् । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार ५ लाख १४ हजार ३ सय ५० पुरूष र ७६ […]

प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी

काठमाडौं माघ। चालु आर्थिक वर्षको छ महिनामा प्रेस काउन्सिल नेपालमा एक सय ६३ उजुरी दर्ता भएका छन्। काउन्सिलका अनुसार आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्म १६३ वटा उजुरी दर्ता भएका छन्। दर्ता भएका उजुरीमध्ये पत्रकार आचारसंहिताको प्रक्रियाबमोजिम पत्राचार भएपश्चात् ७७ वटा खण्डन सम्प्रेषण भएका, ५२ वटा पेस भएको जवाफ उजुरीकर्तालाई जानकारी गराइएको र १४ वटा क्षमायाचनारभूलसुधार […]

प्रतिव्यक्ति सार्वजनिक ऋण ९६ हजार रुपैयाँ

काठमाडौं माघ। नेपालको सार्वजनिक ऋण २८ खर्ब ६ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रतिवेदनअनुसार १४ खर्ब ८७ अर्ब २६ करोड २२ लाख अर्थात् ५३ प्रतिशत बाह्य ऋण र १३ खर्ब १९ अर्ब १३ करोड १० लाख अर्थात् ४७ प्रतिशत आन्तरिक ऋण हो […]

६ महिनामा अन्तर्राष्ट्रिय व्यापार १० खर्ब ८१ अर्ब पुग्यो

काठमाडौं माघ। चालु आर्थिक वर्षको ६ महिनामा नेपालले १० खर्ब ८१ अर्ब ४ करोड रूपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ। भन्सार विभागको तथ्यांक अनुसार यो आर्थिक वर्षको सही अवधिको तुलनामा १७.३६ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिमा नेपालले कुल ९ खर्ब २१ अर्ब १५ करोड रूपैयाँको वैदेशिक व्यापार गरेको थियो। चालु वर्षको ६ महिनामा […]

उपभोक्ता ठगी गर्ने ३१ फर्ममाथि कारबाही

काठमाडौं माघ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन तीव्र बनाउँदै उपभोक्ता ठगी गर्ने र मापदण्ड पूरा नगर्ने ३१ वटा व्यावसायिक फर्ममाथि कारबाही तथा निर्देशन जारी गरेको छ । विभागले आइतबार र मंगलबार गरेको छुट्टाछुट्टै अनुगमनमा ती फर्मलाई कारबाही तथा जरिबाना गरेको हो ।विभागका अनुसार मंगलबार गरिएको अनुगमनमा सूर्यविनायक नगरपालिका-२ बालकोटमा रहेको खिलुङ कालिका […]

६ महिनाको सरकारी खर्चमा एक खर्ब बढीको ऋण

काठमाडौं माघ। ६ महिनाको अवधिमा एक खर्ब २ अर्ब रूपैयाँको बजेट घाटा पुगेको हो। गत वर्ष यो अवधिमा ९३ अर्ब रूपैयाँको घाटा बजेट पुगेको थियो। आर्थिक वर्ष २०७९/८० मा जम्मा ४८ अर्ब थियो। ६ महिनामा सरकारले ६ खर्ब ९० अर्ब रूपैयाँ बराबरको बजेट खर्च भएको छ। यसै समयमा सरकारले ऋण बाहेक ५ खर्ब ८८ अर्ब रूपैयाँ […]