काठमाडौं, असोज २ (ई-रैवार)
एएफसी महिला एसियन कप-२०२२ छनोट अन्तर्गतको पहिलो खेलमा नेपालले आज फिलिपिन्सको सामना गर्ने भएको छ ।
उज्वेकिस्तानको जेएआर स्टेडियममा खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ । फिफा वरियतामा ३३ स्थानमा रहेको फिलिपिन्सविरुद्ध नेपालका लागि चुनौती छ । तर पनि नेपाली खेलाडी उच्च मनोबलका साथ मैदानमा उत्रिने छ । नेपाल फिपा वरियताको १०१ औँ स्थानमा रहेको छ ।


