काठमाडौं, असोज ३१ (ई-रैवार) आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट आज शुरु हुँदैछ । युएई र ओमानमा संयुक्त रुपमा हुने विश्वकपको पहिलो दिन आइतबार दुई खेलहरु हुने भएका हुन । आज पहिलो चरण अन्तर्गतका दुई खेलहरु हुनेछन् । ओमानको अल अमारतमा हुने पहिलो खेलमा घरेलु टिम ओमान र पपुवा न्युगिनीबीच प्रतिस्पर्धा हुनेछ । ओमान र पपुवाबीचको खेल […]
खेलकुद
साफ च्याम्पियनसिपको उपाधि भारतलाई, फाइनलमा नेपाल पराजित
काठमाडौं, असोज ३१ (ई-रैवार) पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल खेलेको नेपाल भारतसँग पराजित भएको छ । नेपाललाई ३-० गोल अन्तरले हराएको भारतले साफ च्याम्पियनसिप उपाधि जितेको हो । साफको इतिहासमा पहिलो पटक उपाधि नजिक पुगेको नेपाल फाइनलमा भारतसँग पराजित भएपछि उपविजेतामा सिमित भएको हो । माल्दिभ्सको राजधानी मालेमा भएको फाइनल खेलमा भारतले नेपाललाई तीन शून्यले […]
साफ फुटबलको उपाधि भिडन्त आज हुँदै, उपाधिका लागि नेपाल र भारत खेल्दै
काठमाडौं, असोज ३० (ई-रैवार) साफ फुटबलको उपाधि भिडन्त आज हुँदैछ । साफ च्याम्पियनसिप २०२१ अन्तर्गत शनिबार हुने फाइनल खेलमा नेपाली राष्ट्रिय फुटबल टोलीले उपाधिका लागि भारतको सामना गर्दैछ । उपाधिका लागि नेपालले बलियो प्रतिद्वन्द्वी भारतसँग आज राति ८:४५ बजे मालेको माल्दिभ्स फुटबल स्टेडियममा खेल्दैछ । १३औँ संस्करणको खेल चलिरहँदा पहिलो पटक उपाधि नजिक पुगेको नेपाललाई […]
इन्डियन प्रिमियर लिग : चेन्नईलाई चौथोपटक आईपीएलको उपाधि
एजेन्सी, असोज ३० (ई-रैवार) चेन्नई सुपर किङ्सले चाैथोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको उपाधि जितेको छ ।शुक्रबार राति भएको खेलमा कोलकाता नाइट राइडर्सलाई २७ रनले हराउँदै चेन्नईले चौथोपटक आईपीएलको उपाधि जितेको हो । न्डियन प्रिमियर लिग (आईपीएल) च्याम्पियन चेन्नईले २० करोड भारु र उपविजेता कोलकताले १२ करोड ५० लाख भारु पुरस्कार पाउने छन् । जितको […]
आईपीएल : दिल्लीलाई हराउँदै कोलकाता तेस्रोपटक फाइनलमा
एजेन्सी, असोज २८ (ई-रैवार) दिल्ली क्यापिटल्सलाई ३ विकेटले हराउँदै कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा प्रवेश गरेको छ । दिल्लीले प्रस्तुत गरेको १३६ रनको लक्ष्य कोलकाताले १ बल बाँकी छँदा ७ विकेटको क्षतिमा पछ्यायो । योसँगै लगातार दोस्रोपटक फाइनल पुग्ने दिल्लीको सपना चकनाचुर बनेको छ । कोलकाता भने तेस्रोपटक प्रतियोगिताको फाइनलमा पुगेको […]
नेपाल पहिलोपटक साफ च्याम्पियनसिपको फाइनलमा, भारतसँग भिड्ने
काठमाडौँ, असोज २८ (ई-रैवार) माल्दिभ्समा जारी साफ च्याम्पियनसिप २०२१ मा नेपाल फाइनल प्रवेश गरेको छ। बुधबार माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय रंगशालामा भएको खेलमा बंगलादेशलाई बराबरीमा रोक्दै नेपाल पहिलोपटक फाइनलमा पुगेको हो। नेपालले बंगलादेशविरूद्ध दोस्रो हाफमा गोल गरेको थियो। नेपालका लागि अन्जन विष्टले ८८ औं मिनेटमा पेनाल्टीमार्फत् गोल गरेका हुन्। बंगलादेशका सुमन रेजाले नेपालविरूद्ध खेलको नवौं […]
साफ च्याम्पियनसिप : आज दुई खेल, नेपाललाई उछिन्ने बङ्गलादेशको दाउ
काठमाडौँ, असोज २६ (ई-रैवार) माल्दिभ्समा जारी १३औँ साफ च्याम्पियनसिपमा आज (बिहीबार) दुई खेल हुँदै छन् । समूह चरणको खेलअन्तर्गत आज चारवटा टिमले एक–अर्काविरुद्ध खेल्न लागेका हुन् । आज सर्वाधिक धेरै सात पटकको विजेता टोली भारतका साथै साविक विजेता माल्दिभ्स पनि प्रतिस्पर्धामा छन् । दुवै खेल माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुनेछ । भारतले अपराह्न […]
आईपीएल : दिल्लीलाई हराउँदै चेन्नाई फाइनलमा
काठमाडौँ, असोज २५ (ई-रैवार) चेन्नाई सुपर किंग्स इन्डियन प्रिमयर लिग (आईपीएल) २०२१ को फाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको खेलमा दिल्ली क्यापिटल्सलाई ४ विकेटले पराजित गर्दै चेन्नाई फाइनल पुगेको हो । रुतुराज गायकवाड र रोविन उथापाले अर्धशतक प्रहार गरेपछि दिल्लीले दिएको १७३ रनको लक्ष्य चेन्नाईले १९.४ ओभर खेल्दै ६ विकेट गुमाएर पूरा गरेको […]
साफ च्याम्पियनसिप : नेपाल भारतसँग पराजित
काठमाडौँ, असोज २५ (ई-रैवार) साफ च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित भएको छ । सुरुबाट रक्षात्मक रणनीतिमा उत्रिएको नेपाल आज साफ च्याम्पियनसिपमा चिर प्रतिद्वन्द्वी भारतसँग १–० ले पराजित भएको हो । प्रतियोगितामा सबैभन्दा धेरै उपाधि जितेको भारतको जितमा नेपाली मुलका सुनिल क्षेत्रीले ८३औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो । कप्तान सुनिलले फरुख चौधरीको हेडिङ पासमा ६ यार्ड […]
कैलालीलाई हराउँदै डोटी प्रथम प्रदेशस्तरीय भलिबलको फाइनलमा
धनगढी, असोज २३ (ई-रैवार) प्रथम सुदूरपश्चिम प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगितामा डोटी फाइनलमा प्रवेश गरेको छ । धनगढीमा जारी प्रथम सुदूरपश्चिम प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगितामा कैलालीमाथि उत्कृष्ट जित निकाल्दै डोटी फाइनलमा प्रवेश गरेको हो । कञ्चनपुरलाई पराजित गर्दै समूह विजेतासहित सेमिफाइनलमा प्रवेश गरेको डोटीले आज सम्पन्न सेमिफाइनल खेलमा कैलालीलाई ३-१ को सेटमा पराजित गरी फाइनको यात्रा […]


