खेलकुद

विश्वकप छनोट : फिलिपिन्सविरुद्ध नेपाल १३६ रनले विजयी, सेमिफाइनल नजिक

काठमाडौं : फिलिपिन्सलाई १३६ रनले पराजित गरेपछि नेपाल टी(२० विश्वकप छनोट ग्लोवल क्वालिफायरको सेमिफाइनल नजिक पुगेको छ । ओमानको मस्कटस्थित अल अमेरात रंगशालामा २१९ रनको विशाल लक्ष्य पछ्याएको फिलिपिन्सलाई ८२ रनमा रोक्दै नेपालले समूहमा लगातार दोस्रो जित निकालेको हो । ओपनर कुशल भुर्तेलले शतक बनाउनुका साथै दीपेन्द्रसिंह ऐरीसँग १७१ रनको साझेदारी गरेपछि नेपालले शनिबार आईसीसी […]

विश्वकप छनोटमा नेपालले आज फिलिपिन्ससँग खेल्दै

काठमाडौं : आईसीसी टी-२० ग्लोबल क्वालिफायरअन्तर्गत समूहको आफ्नो दोस्रो खेलमा नेपालले आज फिलिपिन्ससँग खेल्दैछ । ओमानको मस्कटस्थित अल अमेरात रंगशालामा यो खेल नेपाली समयअनुसार बिहान पौने १२ बजेदेखि सुरु हुनेछ । यसअघि पहिलो खेलमा शुक्रबार घरेलु टोली ओमानलाई ३९ रनले हराएको नेपालका लागि आजको खेल तुलनात्मक रुपमा सहज हुनसक्छ । ग्लोबल क्वालिफायरको नवआगन्तुक टोली फिलिपिन्सले […]

महिला भलिबल टोली सम्मानित

काठमाडौं : सरकारले बंगबन्धु एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपका विजेता राष्ट्रिय महिला भलिबल टोलीलाई आज सम्मान तथा पुरस्कार प्रदान गरेको छ।  प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय महिला भलिबल टोलीका खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई नगदसहित सम्मान गरेका हुन्। उक्त प्रतियोगिता बंगलादेशको राजधानी ढाकामा गत पुस ६ देखि १६ गतेसम्म सञ्चालन भएको […]

अष्ट्रेलियालाई हराउँदै भारत यु १९ विश्वकपको फाइनलमा

काठमाडौं : अष्ट्रेलियालाई फराकिलो अन्तरमा हराउँदै भारत चौथो पटक यु १९ विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ। गए राती भएको दोस्रो सेमिफाइनलमा अष्ट्रेलियालाई ९६ रनले हराउँदै उपाधिका लागि इङ्ल्याण्डसँगको भिडन्त पक्का गरेको हो।  भारतले दिएको २९१ रनको लक्ष्य पछ्याएको अष्ट्रेलिया ४१.५ ओभरमा अलआउट हुँदै १९४ रनमा समेटियो। उसका लागि लचलान स ले सर्वाधिक ५० रनको योगदना […]

क्यानको साधारणसभा फागुन दोस्रो साता हुने, राष्ट्रिय क्रिकेटरको नयाँ वर्गीकरण सार्वजनिक

काठमाडौँ : नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक साधारणसभा आगामी फागुनमा धनगढीमा हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) को आज भैरहवामा सम्पन्न बोर्ड बैठकले वार्षिक साधारणसभा आगामी फागुन १३ र १४ मा धनगढीमा गर्ने निर्णय गरेको हो । क्यानका अनुसार साधारणसभामा उपाध्यक्ष र सचिवको निर्वाचन हुनेछ। यसअघि उपाध्यक्ष राजुबाबु श्रेष्ठ र सचिव अशोकनाथ प्याकुरेलले पदबाट राजीनामा दिएकाले […]

तेस्रो खेलमा पनि भारत पराजित, दक्षिण अफ्रिकाद्वारा सिरिज ‘क्लिन स्विप’

काठमाडौं : घरेलु टोली दक्षिण अफ्रिकाले भारतसँगको तीन एकदिवसीय खेलको सिरिजमा क्लिनस्विप गरेको छ।  दक्षिण अफ्रिकाले तेस्रो तथा अन्तिम खेलमा भारतलाई चार रनले हराउँदै सिरिज क्लिनस्विप गरेको हो । २ सय ८८ रनको विजयी लक्ष्य पछ्याएको भारतले ४९.२ ओभरमा अलआउट हुँदै २ सय ८३ रनमा समेटियो। उसका लागि विराट कोहलीले सर्वाधिक ६५ रन बनाए। त्यसअघि ओपनर […]

पुलिसलाई हराउँदै मनाङ आहा–रारा गोल्डकपको सेमिफाइनलमा

काठमाडौं : पुलिसलाई हराउँदै मनाङ आहा–रारा गोल्डकपको सेमिफाइनलमा प्रबेश गरेको छ । रुपेश केसी र ओलावाले अफिजको गोलमा मनाङ–मर्स्याङ्दी क्लबले आइतबार चिर प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई २–० ले हराउँदै आहा–रारा गोल्डकप फुटबलको सेमिफाइनलमा स्थान बनाएको हो । मनाङले फाइनल प्रवेशका लागि अब त्रिभुवन आर्मी क्लब र थ्री स्टार क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । आर्मी र […]

टी-२० विश्वकप छनोट खेल्ने नेपाली टोली घोषणा

काठमाडौँ : आइसिसी टी-२० विश्वकपअन्तर्गत विश्व छनोटका लागि नेपाली राष्ट्रिय टिम घोषणा गरिएको छ। प्रधानमन्त्री कप टी-२० राष्ट्रिय प्रतियोगिता सकिएको भोलिपल्ट नेपाल क्रिकेट संघ ९क्यान० ले १६ सदस्यीय टिम घोषणा गरेको हो। टिममा प्रधानमन्त्री कपमा उत्कृष्ट खेलेका खेलाडीले स्थान पाएका छन्। टिममा तीव्र गतिका बलर सोमपाल कामी समावेस छैनन्। उनले प्रधानमन्त्री कपमा प्रभावकारी खेल देखाउन […]