खेलकुद

लगातार दोस्रोपटक विश्वकपमा नेपाल

काठमाडौं असोज। सन् २०२६ को फेब्रुअरी_मार्चमा भारत र श्रीलंकामा हुने आइसिसी टी_२० विश्वकपका लागि नेपाल छनोट भएको छ। नेपालले लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक टी_२० विश्वकपमा स्थान पक्का गरेको हो। यसअघि नेपालले २०२४ र सन् २०१४ को टी_२० विश्वकपमा प्रतिस्पर्धा गरेको थियो। ओमानमा भइरहेको एसिया एन्ड इएपी छनोटमा शीर्ष तीनभित्र पर्ने पक्का भएसँगै नेपालले […]

नेपालको यूएईमाथि रोमाञ्चक १ रनको जीत

काठमाडौं असोज । आईसीसी टी_२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सअन्तर्गत यूएईसँगको खेलमा १ रनको रोमाञ्चक जित हासिल गरेको छ ।नेपालले दिएको १४१ रनको लक्ष्य पछ्याएको यूएईले २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनायो । यूएईका लागि अलिशान सराफूले अर्धशतकीय पारी खेलेपनि पर्याप्त हुन सकेन । उनले ५८ रन बनाए । […]

टी_२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल समूह विजेता

काठमाडौं असोज । जापानलाई ५ विकेटले हराउँदै नेपाल आईसीसी टी–२० विश्वकप एशिया तथा इस्ट एशिया प्यासिफिक छनोटमा समूह बी को विजेता बनेको छ । जापानले दिएको १ सय ३२ रनको लक्ष्य नेपालले १२ बलअघि ५ विकेट गुमाएर भेटायो । नेपालका आसिफ शेखले ३८, गुल्सन झाले नटआउट २८ रन बनाए । जापानका शोमा स्लाटरले २ विकेट […]

नेपालले दोस्रो इन्टरनेसनल वुमेन्स ट्वान्टी ट्वान्टीमा मलेसियालाई छ विकेटले पराजित

काठमाडौं असोज। नेपालले दोस्रो इन्टरनेसनल वुमेन्स ट्वान्टी ट्वान्टीमा शनिबार मलेसियालाई छ विकेटले पराजित गरेको छ र यससँगै पाँच खेलको सिरिज १–१ को बराबरीमा पुगेको छ । मलेसियाले पहिलो खेल जितेसँगै अब नेपाल सिरिजमा फर्केको हो ।मलेसियाको क्वालालम्पुरस्थित बायुमास क्रिकेट ओभलमा भएको खेलमा मलेसियाले पहिले ब्याटिङ गर्दै चार विकेटमा ९१ रन बनाएको थियो । त्यसमा ओपनर […]

नेपाली महिला टोली आज मलेसियासँग दोस्रो टी–२० खेल्दै

काठमाडौं असोज। नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले मलेसियासँगको टी-२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत दोस्रो खेल आज (शनिबार) खेल्दैछ । पहिलो खेलमा तीन रनले पराजित भएको नेपालले आजको खेलमा जित निकाल्ने लक्ष्य राखेको छ । मलेसियाको बायुमास ओभलमा हुने खेल नेपाली समयअनुसार बिहान १०:१५ बजे सुरु हुनेछ । सोही मैदानमा बिहीबार भएको पहिलो खेलमा १०५ रनको लक्ष्य पछ्याउने […]

नेपाली राष्ट्रिय महिला क्रिकेट टोली मलेसियासँग तीन रनले पराजित

काठमाडौं असोज। नेपालले मलेसियाविरुद्धको पहिलो अन्तर्राष्ट्रिय ट्वान्टी ट्वान्टी बिहीबार तीन रनले गुमाएको छ । यससँगै पाँच खेलको सिरिजमा मलेसियाले १–० को अग्रता लिएको छ । अब दोस्रो खेल शनिबार हुनेछ क्वालालम्पुरको बायुमास मैदानमा भएको खेलमा नेपाललाई जितका लागि सात रन चाहिएकोमा तीन मात्र बनाउन सकेको थियो । टस जितेर पहिले ब्याटिङ गरेको पाँच विकेट गुमाएर […]

असोज १९ देखि तिलोत्तमा क्रिकेट लिग

भैरहवा, असोज । तिलोत्तमा क्रिकेट लिग–२०८२ यही असोज १९ गतेदेखि सुरु हुने भएको छ । तिलोत्तमा क्रिकेट विकास समिति तिलोत्तमा–५, रुपन्देहीको आयोजनामा तिलोत्तमा–१७ स्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदान उक्त प्रतियोगितामा हुनेछ ।सोमबार भलवारीमा आयोजित अक्सन कार्यक्रममा आयोजकले प्रतियोगितामा पाँचवटा विद्यालय र एउटा क्रिकेट एकेडेमी गरी ६ वटा टीमको सहभागीता हुने जानकारी गराएका छन् । सहभागी […]

O.H.C बागलुङ द्वारा आयोजित बनभोज तथा अधिवेशन कार्यक्रम सफलतापूर्वक सम्पन्न

हालै सम्पन्न भएको O.H.C (Open Heart Club) बागलुङको बनभोज तथा अधिवेशन कार्यक्रमले सबैको मन जितेको छ। यो कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण सदस्यहरू, शुभचिन्तकहरू, र अतिथिहरूको ठूलो योगदान रहेको छ। कार्यक्रमको व्यवस्थापनमा सहयोग पुर्‍याउने सबै स्वयंसेवकहरू, अतिथिहरूलाई स्वागत र सहयोग पुर्‍याउने सदस्यहरू, र कार्यक्रमलाई सफल बनाउन आवश्यक सम्पूर्ण व्यवस्थापन गर्ने समितिका सदस्यहरूलाई हार्दिक धन्यवाद ज्ञापन गरिएको […]

नेपालले मलेसियाविरुद्ध पहिले बलिङ गर्ने

काठमाडौं कात्तिक, १४ . आईसीसी टी-२० विश्वकप एसिया छनोटअन्तर्गत मलेसियाविरुद्धको खेलमा नेपालले पहिले बलिङ गर्ने भएको छ । मलेसियाले टस जितेर ब्याटिङ रोज्दै नेपाललाई बलिङको निम्तो दिएको हो । पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले पराजित गरेको नेपाल लगातार दोस्रो जित निकाल्दै सेमिफाइनल पुग्ने लक्ष्यमा छ । मलेसिया भने पहिलो खेलमा ओमानसँग पराजित भएको थियो।

सेप्टेम्बर २८ मा प्रथम ओ।एच।सी भलीबल कपको टाई सेट सार्वजनीक

दक्षिण कोरिया – २०८० असोज ७ ( 2023 september 24)   “प्रवासमा सम्पुर्ण बाग्लुङ्गेहरुको एउटै आह्वान कला , सस्कृती, खेलकुद र भाइचारा हामी नेपाली हरुको पहीचान” भन्ने मुल नारा लिएर OPEN HEART CLUB BAGLUNG ले छुसक को पहिलो दिन सेप्टेम्बर २८ तारिख 서울 노원구 화랑로 815 मा प्रथम ओ.एच।.सी. भलीबल कप भलिबल कप २०२३ आयोजना गर्ने भएको […]