फिचर

सुनको भाउ बढ्यो

काठमाडौं असोज। स्थानीय बजारमा सोमबार सुनको मूल्य बढेको छ। आइतबार भएको कारोबारको तुलनामा सोमबार सुन प्रतितोला दुई हजार चार सय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार प्रतितोला दुई लाख ३८ हजार रूपैयाँमा कारोबार भएको सुन सोमबार दुई लाख ४० हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ। महासंघका अनुसार सोमबार चाँदीको मूल्य पनि प्रतितोला […]

कतिपय मिडियाबाट भ्रामक सूचनाहरू सम्प्रेषण भइरहेकोले प्रेस काउन्सिल नेपालद्वारा अनुगमनलाई प्रभावकारी बनाउने निर्णय

काठमाडौं असोज। प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता अनुगमनलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ।शुक्रबार बसेको बैठकमा आचारसंहिता अनुगमन, पछिल्ला प्रवृत्ति, उजुरी र स्वअनुगमनलगायतका विषयमा छलफल भएको थियो। काउन्सिलले पछिल्लो समय कतिपय मिडियाबाट भ्रामक सूचनाहरू सम्प्रेषण भइरहेको गुनासो आएको र आफ्नो अनुगमनबाट समेत त्यस्तो देखिएको सन्दर्भमा सम्पूर्ण पत्रकार र सञ्चार माध्यमलाई थप जिम्मेवार भई आचारसंहिता पालनामा […]

दसैंमा सार्वजनिक बिदा भए पनि बजारमा पेट्रोलियम पदार्थ अभाव नहुने : नेपाल आयल निगम

काठमाडौं असोज। दसैंमा सार्वजनिक बिदा भए पनि बजारमा पेट्रोलियम पदार्थ अभाव हुन नदिन नेपाल आयल निगमले इन्धन बिक्री गर्ने भएको छ। दसैंको अवसरमा सार्वजनिक बिदामा पेट्रोलियम पदार्थको बिक्री वितरण नरोक्ने नेपाल आयल निगमका कार्यकारी निर्देशक डा।चण्डिका प्रसदा भट्टले बताए। उपभोक्ताको सुविधालाई ध्यानमा राख्दै सार्वजनिक बिदाको दिनहरूमा पनि पेट्रोलियम पदार्थको सहज बिक्री वितरण हुने व्यवस्था मिलाएको […]

अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण सूचना विभागबाट हुने

काठमाडौं असोज।सरकारले अनलाइन दर्ता र नवीकरण सूचना विभागबाटै गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले यसअघि जिल्ला प्रशासन कार्यालयमा अनलाइन दर्ता गर्नुपर्ने सरकारको निर्णय उल्ट्याएर हो। सञ्चारमन्त्री जगदीश खरेलका अनुसार अनलाइन दर्ता र नवीकरण अब जिल्ला प्रशासन कार्यालयमा गर्नुपर्ने छैन। सूचना विभागको महानिर्देशकलाई स्थानीय अधिकारी तोक्ने गरी छापाखाना तथा प्रकाशनसम्बन्धी निर्णय सच्चाइएको हो । […]

करिब १० करोड रुपैयाँ लगानीमा पोखरामा खुल्यो नेपाल प्रहरीको पेट्रोल पम्प

पोखरा असोज। नेपाल प्रहरी कल्याण कोषको करिब १० करोड रुपैयाँ लगानीमा पोखरामा पेट्रोल पम्प सञ्चालनमा आएको छ । पोखरा महानगरपालिका–७ पार्दी (सहिद चोक क्षेत्र)स्थित नेपल प्रहरी प्रदेश कार्यालयको हाताभित्र मंगलबारदेखि पेट्रोल पम्प सञ्चालनमा आएको हो ।यो पेट्रोल पम्पबाट २४ घण्टा नै डिजेल र पेट्रोल बिक्री–वितरण हुने कार्यालयका सूचना अधिकारी डीएसपी प्रकाश सापकोटाले बताए । ‘एक […]

नेपाल राष्ट्र बैंकले २ अर्ब ७१ करोड लगानी गर्दै

काठमाडौं, असोज । नेपाल राष्ट्र बैंकले २ अर्ब ७१ करोड लगानी गर्ने भएको छ । विभिन्न बैंकहरुमा राष्ट्र बैंकले मुद्दति निक्षेपमार्फत लगानी गर्ने तयारी गरेको हो । राष्ट्र बैंकले आफ्नो विभिन्न कोषमा रहेको २ अर्ब ७१ करोड बराबर रकम वाणिज्य बैंक, विकास बैंककेन्द्रीय बैंककाअनुसार ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंक र […]

प्रधानमन्त्री सुशीला कार्कीको राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी

काठमाडौं असोज प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन्। प्रधानमन्त्री निकट स्रोतका अनुसार कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्नेबारे छलफलमा जुटेकी छन्। उनले सम्बोधनका क्रममा उठाउनुपर्ने विषयवस्तुका बारेमा मन्त्रिपरिषद्का सदस्य र विज्ञहरूसँग अनौपचारिक छलफल गरेकी हुन्। स्रोतले भन्यो, पछिल्लो परिस्थिति र आगामी निर्वाचनका बारेमा प्रधानमन्त्रीज्युले राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरिरहनुभएको छ। यद्यपि, सम्बोधनको मिति […]

दुई हजार ११३ मेट्रिक टन रासायनिक मल वितरण

झापा असोज । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड झापा कार्यालयले चालु आर्थिक वर्ष २०८२ र ८३ को पहिलो चरणमा दुई हजार ११३ मेट्रिक टन रासायनिक मल वितरण गरेको छ । तीमध्ये एक हजार ३५५ मेट्रिक टन युरिया र ७५८ मेट्रिक टन डिएपी मल छन् । मल स्थानीय सहकारी र कृषि संस्थामार्फत वितरण गरेको कार्यालयका प्रमुख विष्णुप्रसाद न्यौपानेले […]

सुनको मूल्य बढ्यो

काठमाडौं,असोज स्थानीय बजारमा बुधबार सुनको मूल्य बढेको छ। अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला एक हजार तीन सय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। संघका अनुसार मंगलबार दुई लाख २१ हजार ७ सय रूपैयाँमा कारोबार भएको सुन बुधबार प्रतितोला दुई लाख २३ हजार रूपैयाँ पुगेको छ।

भैरहवामा २०८२ डाण्डिया नाईट तथा भगवती रात्री जागरण हुँदै

भैरहवा,  असोज । रुपन्देहीको भैरहवामा २०८२ डाण्डिया नाईट तथा भगवती रात्री जागरण हुने भएको छ । श्री श्री सार्वजनिक दुर्गा पुजा समिति मैत्रीपथ–५, अखाडा नम्बर २ को आयोजनामा यही असोज १४ गते डाण्डिया नाईट र १५ गते रात्री जागरण हुने भएको हो । समितिले मंगलबार भैरहवामा पत्रकार सम्मेलन गरी कार्यक्रमबारे जानकारी गराएको छ । समितिका अध्यक्ष रवि […]