फिचर

यातायात व्यवस्था कार्यालय: जहाँ घुस विना काम हुँदैन

-सीताराम ओझा (फ्रिडम फोरम र ई–रैवार डटकमको सहकार्यमा तयार पारिएको रिपोर्ट) घटना १ गत बर्षको भदौ १२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय कैलालीका तीनजना कर्मचारीलाई पक्राउ ग–यो । कार्यालयका निमित्त प्रमुख गम्भीर विष्टसहित यातायात कार्यालयका अधिकृत भुवन जोशी र जयराज कारिगरलाई अख्तियारले पक्राउ गरेको थियो । उनीहरुलाई सवारी साधन बिक्री गरी नामसारी […]

संकटमा पत्रकारिता, धरापमा लोकतन्त्र

  मिडियाका विभिन्न पक्षबारे अनुगमन गर्ने संस्था ‘फ्रिडम फोरम’को एक अध्ययनअनुसार कोरोना भाइरसको सम्भावित जोखिम र बन्दाबन्दी (कोरोना महामारी)ले देशैभर सयौँ सञ्चारमाध्यम बन्द भएका र अरू सयौँ सञ्चारमाध्यम बन्द हुने क्रममा छन् । त्यसैगरी, कोरोना महामारीका कारण गत केही महिनाभित्रै मिडिया क्षेत्रमा कार्यरत हजारौँ पत्रकार र कर्मचारीले रोजगारीसमेत गुमाएका छन् । पत्रकारहरूको छाता संगठन ‘नेपाल पत्रकार महासंघ’ले […]

‘किर्ते’ आरोपीलाई मिलेमतोमा ठेक्का पार्न अनेक तिकडम

सुदूरपश्चिमको स्वास्थ्य संयन्त्रको स्वास्थ्य सामाग्री खरिदमा बर्षौ राज गरेका व्यवसायी दुष्यन्त बस्नेतले ‘किर्ते’ सरकारी कागजात बनाएर करोडौको स्वास्थ्य सामाग्री खरिदको ठेक्का लिँदै आएको तथ्य बाहिरियो । अदालतमा मुद्दा विचाराधिन छ । यद्यपी यसवर्ष पनि उनलाई शंकास्पद रुपमा चार करोड बढीको पीसीआर मेशिन लगायतका सामाग्रीको खरिदको ठेक्का दिईएको छ । -प्रदीप पाठक (फ्रिडम फोरम र ई–रैवार […]

संसदीय अनुगमन टोलीसंगै निलम्बित वन अधिकृतदेखी माफियाको लाम

धनगढी असार २४(ई-रैवार) दुधको साक्षी बिरालो ! यही उखानले दिन खोजेको सन्देशजस्तै अवस्था वैज्ञानिक वन व्यवस्थापनका नाममा भएको फँडानीको अनुगमनमा निस्किएको प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति अन्तर्गत बनेको उपसमितिको हर्कतले दर्शाएको छ । भएको छ पनि त्यस्तै ! टोलीमा वनसंग जोडिएर विवादित छवी भएका सांसद सदस्य तथा उनको हर्कत र टोलीसंगै भ्रमण गरेका केही विवादित […]

भूँईफुलको देश–खप्तड ! (फोटोफिचर)

-अरूण बम जब बर्षाले फराकिला पाटनहरु निथ्रुक्क भिजाउँछ, तब धरतीले रङ्गीन स्वरुप अंगिकार गर्छिन् थरीथरीका रुप–प्रारुपहरुमा थरीथरीका रंग–विरङ्गहरुमा उम्रन थाल्छन् सिङ्गो फाँटैभरी । अनि बन्छ खप्तड–भूईफुलको देश ! ……………………………… यो मौसममा खप्तड पुग्नेहरु अद्भूत रंगहरुको कोलाजबाट मुग्ध हुन्छन् । रंङ्गीन पाटन र फुलहरुसंग मितेरी गाँस्न विवस हुन्छन् । भुल्छन उकालो बाटाभरी संगालेका थकानमा धर्साहरु र […]

भारतबाट फर्किएका सुदूरपश्चिमेलीको चिन्ताः ‘अब, परिवार कसरी पाल्ने ?’

भारतमा मजदुरी गरेर परिवार पाल्ने सुदूरपश्चिमेली युवाहरुका यतिबेलाका साझा कथाहरु हुन् । अहिले सुदूरपश्चिमका गाउँवस्तीहरु व्यक्तीपिच्छे यस्ता तमाम र उस्तैउस्तै प्रकृतिका कथाहरु सुन्न पाईन्छ । डोटी- नवदुर्गा गाउँपालिका–५ डडेल्धुराका शेरबहादुर विक छ वर्षअघि सहज जीवनयापनको खोजी गर्दै सपरिवार भारत भाँसिए । चुहिने घरको छानो कहिल्यै टाल्न सकेनन् । परिवारलाई भरपेट खुवाउन सधैँ हम्मेहम्मे परिरह्यो उनलाई । […]

सुदूरपश्चिमका ‘कर्णधार’मा कोरोना

सुदूरपश्चिमका यिनै कर्णधारहरु कोरोनाभाईरस कोभिड-१९ को संक्रमणको चपेटामा परेका छन् । शनिवारसम्मको संक्रमितहरुको तथ्याङ्कअनुसार  करिब ७६ प्रतिशत युवा उमेर समुहका व्यक्तीहरुमा संक्रमण पुष्टि भएको छ । धनगढी– ‘राष्ट्रिय युवा नीति–२०६६’ले १६ देखि ४० बर्षसम्मको उमेर समुहलाई ‘युवा’ भनि परिभाषित गरेको छ । नीतिमा ‘युवा’ भन्नाले ‘१६–४० वर्षको उमेर समूहका महिला, पुरूष तथा तेस्रोलिङ्गीहरूलाई जनाउछ’ भनी […]

लकडाउनले थलिए अटोरिक्सा चालकः ऋण र भोकको चिन्ता !

अटोरिक्सा चलाएर परिवार धान्ने यो जमात निम्नवर्गको जमात हो । निम्नस्तरका मजदुरहरुको जमात हो । जसका लागि बैंकको पाँच/छ लाख पनि ठुलो ऋण हो । दिनहुँ अटोरिक्सा चलाएर जीविका चलाउने उनीहरुका लागि तीनमहिनाको लकडाउनले धेरै ठुलो असर गर्ने जिफन्ट सुदूरपश्चिम प्रदेशका अध्यक्ष देब बहादुर बम बताउछन् । ‘उनीहरुका सपना ठुला छैनन् ! दिनहुँ हजार कमाएर […]

कोरोना सन्त्रासः छैन उपचार, उपचार नपाएर क्वारेन्टीनमा मृत्युवरण

भारतको बेङ्लोरबाट फर्किएका दार्चुलाको मार्मा गाउँपालिका–३ का एक युवकको अघिल्लो साता मृत्युभयो । उनको मानसिक अवस्था कमजोर थियो । उपचारको आवश्यकता थियो । गौरिफण्टा नाकाबाट भित्रिएका उनलाई स्थानीय लटिनाथ माविको व्वारेन्टीनमा राखियो । जहाँ उनको दोस्रोदिन नै मृत्यु भयो । मृत्युको कारण कोरोना थिएन् । अन्य रोग थियो । भारतबाट फर्किएको चारदिन नबित्दै बैतडीको पुर्चौडी […]

सुदुरपश्चिममा कोरोना कहरः भारतबाट नागरिक भित्रिएसंगै स्थिती भयावह

शनिबारसम्म सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको सङख्या नौ सय ४८ पुगेको छ । ४० दिनसम्म शान्त रहेको प्रदेशमा पछिल्लो समय भारतबाट नेपालीहरु आएसंगै कोरोनाका संक्रमितहरु एक्कासी वढिरहेका छन् । यसअघिचैत १४ गतेदेखि वैशाख १ गतेसम्म ५ जना मात्रै संक्रमित रहेका थिए । उनीहरु सवै जना कोरोनालाई जितेर घर फर्किएपछि ‘प्रदेश कोरोनामुक्त’ भएको भन्दै प्रचार समेत गरियो […]